सहकारीको वर्गिकरण गरी सेवा प्रदान गर्न बागमती प्रोस्कून र १३ वटै बचत संघ प्रतिवद्ध
काठमाडौं : बागमती प्रदेशका सहकारी संस्थाहरुको समस्या समाधानका लागि साझा प्रयास विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र बामती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको गोष्ठीले ३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।
बागमती प्रदेशका १३ वटै जिल्ला बचत तथा ऋण सहकारी संघ र बागमती प्रोस्कूनले सहकारी क्षेत्रको समस्या समाधानका लागि ३ बुँदे घोषणा पत्र जारी गरेका हुन् ।

सञ्जालमा आवद्ध सदस्य सहकारी संस्थाहरुलाई सर्वमान्य मानकहरुको आधारमा वर्गिकरण गरी सेवा प्रदान गर्ने बागमती प्रदेश भित्रका सबै बचत संघहरुले आगामी आर्थिक वर्षबाट आवश्यक प्रबन्ध मिलाउने प्रतिवद्धता सम्पूर्ण संघहरुले गरेका छन् ।
त्यस्तै वित्तीय सहकारी संस्थाको सञ्चालक हुन न्यूनतम योग्यता तोक्नका लागि प्रत्येक संस्थाले फिट एण्ड प्रपर टेस्टको विधि निर्माण गरी कानुनी रुपमा वैधता प्राप्त गर्नका लागि नियामक निकायसँग पैरवी गर्नुका साथै अभियानमा अभ्यास आरम्भ गर्न प्रतिवद्ध रहेको छ ।
त्यसैगरी संघको साझा कार्यसूचीहरु निर्माण गरी सोही कार्यसूचीका आधारमा सेवाको विविधीकरण गर्न संघहरुले प्रतिवद्धता जनाएका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार