१८ भदौ २०८३, बिहिबार

सरकार र अभियानले संयुक्त रुपमा सहकारी दिवस मनाउने, समितिको अध्यक्षमा सहकारी मन्त्री

२०८१ चैत ११, सोमबार
सरकार र अभियानले संयुक्त रुपमा सहकारी दिवस मनाउने, समितिको अध्यक्षमा सहकारी मन्त्री

काठमाडौं : ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह समिति गठन भएको छ ।

नेपाल सरकार र सहकारी अभियानबीच संयुक्त रुपमा सहकारी दिवस र अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने गरी मूल समारोह समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाण मन्त्री बलराम अधिकारी छन् भने सहअध्यक्षमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल रहेकी छिन् । त्यस्तै सहकारी विभागका रजिष्ट्रार सदस्य सचिव रहेका छन् ।

मन्त्रालयका सचिव, सहसचिव, उप सचिव, महासंघका सञ्चालकहरु, विषयगत केन्द्रीय संघका अध्यक्षहरु, प्रदेश संघका अध्यक्षहरु, सहकारी बैंकका अध्यक्ष, महासंघका महाप्रबन्धक, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष, जिल्ला संघका अध्यक्षहरु लगायत सदस्य रहेको १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

अभिलेख

लोकप्रिय