समस्याग्रस्त सहकारीबाट ८३ करोड ६५ लाख रकम फिर्ता
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको साढे ८३ करोड रुपैयाँ रकम फिर्ता गरेको छ । कार्यालयले समस्याग्रस्त सहकारीका एक हजार २९९ पीडितलाई ८३ करोड ६५ लाख २० हजार ८७४ रुपैयाँ बराबरको रकम फिर्ता गरेको हो ।
कार्यालयको पछिल्लो विवरण अनुसार समस्याग्रस्त घोषित सहकारीमध्ये १३ सहकारीका बचतकर्ताहरुको सो बराबरको रकम फिर्ता गरिएको हो । हाल समस्याग्रस्त घोषित सहकारीको संख्या २२ पुगेको छ ।
उक्त सहकारीविरुद्ध आवेदन दिएका पीडित बचतकर्तामध्ये ५८ हजार २८८ पीडितको ३५ अर्ब ४५ करोड ३१ लाख ६० हजार ९०६ रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको छ ।
कार्यालयका अनुसार समस्याग्रस्त २२ सहकारी विरुद्ध ६२ हजार ७६० बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमध्ये तीन सहकारीको सबै रकम फिर्ता गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले कुबेर बचत तथा ऋण सहकारीका १० पीडितको ५७ लाख ६३ हजार ४७७ रुपैयाँ, स्ट्याण्डर्ड मल्टीप्रपोजको १६ बचतकर्ताको ७५ करोड २८ लाख ८२४ रुपैयाँ र चार्टड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको १४ बचतकर्ताको ८४ लाख ११ हजार ४९४ रुपैयाँ रकम फिर्ता गरिसकेको कार्यालयले जनाएको छ ।
कुन सहकारी पीडितले कति पाए रकम ?
कार्यालयका अनुसार स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८१ बचतकर्ताको २ करोड ६८ लाख ५५ हजार रुपैयाँ फिर्ता गरिएको छ । भने ८ करोड ४० लाख ३८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त सहकारी विरुद्ध १७५ बचतकर्ताले ११ करोड ८ लाख ९३ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए ।
प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभका १८६ बचतकर्ताको ३६ करोड ३७ लाख ५ हजार रुपैयाँ फिर्ता गरिएको छ । भने १२ करोड ३६ लाख ९३ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त सहकारी विरुद्ध ३५२ बचतकर्ताले ४८ करोड ७३ लाख ९८ हजार ९१३ रुपैयाँ बराबरको मागदावी गरेका थिए ।
कार्यालयका अनुसार सोसाइटल बचत तथा ऋण सहकारी विरुद्ध २४० बचतकर्ताले १० करोड ८७ लाख ४१ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा १६२ बचतकर्ताको ५ करोड ९८ लाख १९ हजार रुपैयाँ फिर्ता गरिएको छ भने चार करोड ८९ लाख २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
प्रभु बचत तथा ऋण सहकारीका २० बचतकर्ताले ३२ लाख ५७ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध १३८ बचतकर्ताले १३ करोड २० लाख ८९ हजार रुपैयाँको मागदावी गरेका छन् । ११८ बचतकर्ताको १२ करोड ८८ लाख ३२ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
लुनिभा बहुउद्देश्यीय सहकारीका १०३ बचतकर्ताले ५ करोड ६८ लाख ५ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध २१४ बचतकर्ताले ११ करोड ७४ लाख ४४हजार रुपैयाँको मागदावी गरेका छन् । १११ बचतकर्ताको ६ करोड ६ लाख ३८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ओरियन्टल सहकारी विरुद्ध ४ हजार २५९ बचतकर्ताले तीन अर्ब १९ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा ६०१ बचतकर्ताको २४ करोड रुपैयाँ फिर्ता गरिएको छ भने तीन हजार ६५८ पीडितको दुई अर्ब ९५ करोड ५० लाख २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कञ्जुमर बचत तथा ऋण सहकारीका बचतकर्ताले तीन लाख रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध ५६ बचतकर्ताले चार करोड ३४ लाख ७८ हजार रुपैयाँको मागदावी गरेका छन् । बचतकर्ताको चार करोड ३१ लाख ७८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताले ७५ लाख ७६ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध ३२ हजार ६१३ बचतकर्ताले नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार रुपैयाँको मागदावी गरेका छन् । बचतकर्ताको बाँकी नौ अर्ब ४८ करोड ५६ लाख ६४ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाम्रो नयाँ कृषि सहकारीका ५० बचतकर्ताले सात करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा २२ बचतकर्ताको पाँच करोड ६३ लाख ३२ हजार रुपैयाँ फिर्ता गरिएको छ भने २८ पीडितको दुई करोड १४ लाख ५८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै गौतम श्री बहुउद्देश्यीय सहकारीका चार बचतकर्ताले एक लाख ६६ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध एक हजार ६७३ बचतकर्ताले तीन अर्ब एक करोड ४५ हजार रुपैयाँको मागदावी गरेका छन् । बचतकर्ताको बाँकी तीन अर्ब ९८ लाख ७८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यस बाहेक समस्याग्रस्त अन्य नौं सहकारीको बचत फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
