एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
दोलखा : एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकरी संस्था लिमिटेड जिरीको ३३औं स्थापना दिवस आईतबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भुमिराज खड्काको सभापतित्व एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा जिल्ला समन्वय समिति दोलखाका उपाध्यक्ष दोर्जी शेर्पा, जिरी नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकी, जिल्ला सहकारी संघ, दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा फुयाल, दोलखा जिल्ला बचत संघका कोषाध्यक्ष पर्शुराम कार्कीको विशिष्ट आतिथ्यता थियो ।
त्यस्तै जिल्ला सहकारी संघ दोलखाका महासचिव दिलबहादुर के.सी. लगायत विभिन्न सहकारीका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, जिरी न.पा का वडाअध्यक्षहरु, विभिन्न वित्तीय तथा विद्यालय, संघसंस्थाका प्रतिनिधिहरु, सल्लाहकारहरुरुको आतिथ्यता थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्था र संस्थाले सञ्चालन गरेका विभिन्न क्रियाकलापहरुको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले प्रस्तुतीकरण गरेका थिए ।
स्थापना दिवसको अवसर पारेर फागुन २८ गते आयोजित अन्तर माध्यामिक विद्यालयस्तरीय सहकारी निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा चण्डेश्वरी मा.वि., उमाकुण्ड–४, प्रितिका आकाश सुनुवार प्रथम भएका थिए । त्यस्तै शारदा मा.वि., गोकुलगंगा–२, ठोसेकी रिया बस्नेत द्धितिय भएकी थिईन । जिरी मा.वि., जिरी–६ का मिन्टु शेर्पा तृतिय भएका थिए भने कास्थेम मा.वि., उमाकुण्ड–७, भुजीकी लक्ष्मी थापाले सान्त्वना स्थान हासिल गरेकी थिईन । विजेताहरुलाई समारोहमा नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा आ.व. २०८०/०८१ मा उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, असल ऋणी, उच्चतम् प्रविधि प्रयोगकर्ता, उच्चतम शेयर खरिदकर्ता, उत्कृष्ट सुझावकर्ता जस्ता विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी मानबहादुर जिरेललाई पुरस्कृत समेत गरिएको थियो ।
संस्थाका कोषाध्यक्ष उद्धवकुमार कार्कीले स्वागतमन्तव्य, सल्लाहकार ईन्द्रबहादुर खड्काले सल्लाहकारको मन्तव्य र चारैजना विशिष्ट अतिथिहरुले सहकारीका विविध आयाममा चर्चा गर्दै संस्थाको स्थापना दिवसको शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बस्नेतले संस्था स्थापनाकालमा संस्थापक अध्यक्ष स्व. गोकुलध्वज कार्कीसँगको सहकार्य स्मरण गर्दै संस्था दोलखा जिल्लाको सहकारी अभियानमा अग्रपंक्तिमा उभिन र सदस्यहरुलाई गुणस्तरीय सेवा दिन सफल भएकोमा गर्व अनुभव भएको भनाईसहित शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष भुमिराज खड्काले धन्यवाद ज्ञापन गरेका थिए । स्थापना दिवसकै अवसर पारेर एम बैंकसँगको सहकार्यमा संस्थाले सञ्चालन गरिरहेको मोबाईल एपमा क्युआर भुक्तानी अन्तर्गत नेपाल पे क्यूआर र स्मार्ट क्यूआर थप गरिएको थियो भने मिस्डकल बैकिंङ सेवा शुभारम्भ गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार