सहयात्री साकोस स्तरीकरण कार्यक्रम ‘प्रोबेसन’मा आवद्ध
काठमाडौं : सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुणस्तर प्रमाणीकरणसम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आवद्ध भएको छ । आज एक कार्यक्रमबी सहयात्री साकोस र नेफ्स्कूनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नेफ्स्कूनलाई प्राविधिक परामर्श प्रदान गर्न गत केही दिनदेखि निरन्तर नेफ्स्कूनसँगको कार्यक्रममा रहेका एशियाली ऋण महासंघका सीईओ लेनी र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची सहित संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापाकोटा, नेफ्स्कूनका सञ्चालक एवं साकोसका अध्यक्ष खेम सुवदी, संघका विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल, वरिष्ठ कार्यक्रम अधिकृत भरत न्यौपाने, साकोसका व्यवस्थापक जुना डाँगीसहित साकोस व्यवस्थापन कर्मचारीहरुको उपस्थिति थियो ।
क्वालिटी एसुरेन्स कार्यक्रममार्फत साकोसको वृद्धि विकास गरि सबल र दिगो साकोस अभियान निर्माणका लागि नेफ्स्कूनको बोर्ड प्रतिनिधित्व गर्ने सम्पूर्ण सञ्चालक आबद्ध साकोसलाई अनिवार्य रुपमा कार्यक्रममा जोडिन बोर्ड परामर्श बैठकका अवसरमा बुधबार अकू प्राविधिक टीमले विशेष अनुरोध समेत गरेको थियो।

अकूकी सीईओ लेनीले प्रोवेसन स्तरको क्वालिटी एसुरेन्स कार्यक्रममा जोडिएर बलियो साकोस निर्माणको काममा अगाडि बढेको प्रति खुसी व्यक्त गर्दै साकोस र सम्पूर्ण सञ्चालक तथा कर्मचारी परिवारमा बधाई ज्ञापन गरेकी थिईन।
पहिलोपटक साकोसको भिजिटमा पुगेका अकूका सीईओ र प्रमुख प्राविधिक अधिकृतलाई अध्यक्ष सुवेदी र कर्मचारीहरुले स्वागत गरेका थिए।
नियमित अनुगमन तथा सुपरिवेक्षणमार्फत संस्थाको वित्तीय स्वास्थ्य सबल बनाउँदै संस्थागत विकास गर्न प्रोबेसन कार्यक्रममा सहभागी भएको अध्यक्ष सुवेदीले जानकारी गराए। करिब ३५ करोडको कुल कारोबार गरिरहेको साकोसले ४ हजार ४ सय २० भन्दा बढी सदस्यहरुमा वित्तीय सेवा उपलब्ध गराईरहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार