१७ जेठ २०८३, आईतवार

‘मीरा इआरपी’ सफ्टवेयर खरिदमा महिला सहकारीलाई ३५ प्रतिशत छुट

२०८१ फागुन २४, शनिवार
‘मीरा इआरपी’ सफ्टवेयर खरिदमा महिला सहकारीलाई ३५ प्रतिशत छुट

काठमाडौं : सहकारीलाई प्रविधिसँग जोड्ने एक सरल, सुरक्षित र साझा डिजिटल प्लेटफर्म `मीरा इआरपी´ले महिला सहकारीहरुलाई विशेष छुट दिने भएको छ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सहकारी संस्थाहरुका लागि नियोसीस टेक्नोलोजी प्रा.लि.ले विकास गरेको `मीरा इआरपी´ खरिदमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको हो।

`मीरा इआरपी´को न्यूनतम मूल्य वार्षिक १६ रुपैयाँ रहेको छ ।

`सशक्त महिला, स्मार्ट सहकारी´ अवधारणा अन्तर्गत महिला सशक्तिकरणको यात्रामा सम्मान र प्रेरणा अनुरुप विशेष छुट दिने निर्णय कम्पनीले गरेको प्रमुख प्रविधि अधिकृत मनोज तिवारीले बताए।

‘मिरा इआरपी’ सहकारीहरुको लागि निर्मित ISO 27001:2022 Certified SAAS प्लेटफर्म हो । कम्पनीले नि:शुल्क रुपमा सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिङ एप्लीकेसन, इ-बैंकिंङ, एसएमएस बैंकिङ बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।

मिरा इआरपी सफ्टवेयरको मुख्य विशेषताहरुमा सेवाको रुपमा सफटवेयर प्रयोग गर्न सकिने, सफ्टवेयर राख्न र प्रयोग गर्न छिटो हुने, सुरक्षा, गोपनीयता र तथ्यांक भण्डारमा सहज, साझा प्रविधि, सहकारीहरु एकअर्कासँग जोडिने, बैज्ञानिक मूल्य निर्धारण, कोपोमिसमा सहज तथ्यांक प्रविष्टि, प्रयोगकर्ताहरुलाई चलाउन सजिलो, टिटिआर र एएमएल रिपोर्ट, अंग्रेजी र नेपालीमा उपलब्ध, २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध हुने रहेको कम्पनीले जनाएको छ ।

यो सफ्टेवर प्रयोग गर्न अब सहकारीहरुले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक पर्दैन।

माघ मसान्तसम्म मिरा प्रयोगकर्ताको संख्या ४३८ पुगेको नियोसिस टेक्नोलोजीले जनाएको छ । हालसम्म मिराको पहुँच ६३ जिल्लामा पुगेको छ।

प्रदेश अनुसारका सक्रिय मिरा प्रयोगकर्ताहरुको संख्या कोशी प्रदेशमा ७१, मधेश प्रदेशमा ४८, बागमती प्रदेशमा १२४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ७९, कर्णाली प्रदेशमा २० र सुदुर पश्चिम प्रदेशमा ७२ रहेको नियोसिस टेक्नोलोजीले जनाएको छ ।

अभिलेख

लोकप्रिय