१९ भदौ २०८३, शुक्रबार

नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बम सम्मानित

२०८१ फागुन ४, आईतवार
नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बम सम्मानित

धनगढी : नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष देव बहादुर बम ‘प्रेरणादायी युवा उद्यमी सम्मान २०८१’ बाट सम्मानित भएका छन् ।

धनगढी-५, स्थित चैतन्य पाठशालाले अध्यक्ष बमलाई प्रेरणादायी युवा उद्यमी सम्मानबाट सम्मानित गरेको हो ।

चैतन्य पाठशालाको वार्षिकोउत्सव तथा अभिभावक दिव समारोहमा सुदूरपश्चिम सरकारका पूर्वमन्त्री प्रकाश देउवाले वमलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन्।

अध्यक्ष बमलाई व्यावसायका माध्यमबाट समाजसेवाका साथै सहकारी संस्थाको नेतृत्व गर्दै समुदायमा आर्थिक स्तर सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै चैतन्य पाठशालाले सम्मान गरेको हो ।

अभिलेख

लोकप्रिय