पाँच तारा साकोसका सदस्यलाई पेन्सन वितरण शुभारम्भ
काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले पेन्सन सदस्यलाई वितरणको शुभारम्भ गरेको छ। ५६ जना सदस्यले आफूले गरेको बचत रकमको आधारमा पेन्सन प्राप्त गरेका छन् ।
संस्थाले आज (शुक्रबार) एक कार्यक्रमको बीच मापदण्ड पुगेका सदस्यहरुलाई पेन्सन वितरण गरेको हो । नियमित बचत खातामा पन्ध्र वर्ष मासिक रुपमा बचत गरेका सदस्यलाई संस्थाले त्रैमासिक रुपमा सदस्यहरुलाई पेन्सन उपलब्ध गराउने छ ।
पेन्सन शुभारम्भ कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष भोला नाथ पाठकले बचत नै सुरक्षित भविष्यको आधार रहेको बताउँदै सदस्यहरुलाई बचत गर्ने वानीको विकास गराउने उद्देश्यका साथ पेन्सन कार्यक्रमको अवधारणा ल्याइएको जानकारी दिए।
कार्यक्रमको संचालन संस्थाका सचिव लोचन हरि प्रसाईंले गरेका थिए भने पेन्सन कार्यक्रममा आवद्धता बारे संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले प्रस्तुती गरेका थिए।
उक्त अवसरमा संस्थाका पेन्सन प्राप्त गर्ने जेष्ठ सदस्य मधुसुधन उपाध्यायबाट पेन्सन वितरणको सुरुवात गरिएको थियो ।

उक्त पेन्सनसँगै सदस्यहरुले दशैंको समयमा थप एक महिनाको पेन्सन बराबरको रकम, गणेशमान सिं अस्पतालमा एकपटक तोकिएको निःशुल्क स्वास्थ्य जाँच, शारिरिक अंगभंग भएमा तोकिएको सुविधा समेत प्राप्त गर्ने संस्थाका व्यवस्थापक राधा कडरियाले जानकारी दिईन ।
‘बचत गर्नु राम्रो, पाँच तारा साकोसमा गर्नु झनै राम्रो’ भन्ने मूल नाराका साथ २०६४ चैत्र २० मा दर्ता भई २०६५ बैशाख १ बाट कारोबार सुचारु भएको संस्थामा हाल २ हजार एकसय सतहत्तर शेयर सदस्य रहेका छन् । संस्थाको कूल सम्पत्ति एक अर्ब पाँच लाख रहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार