मागदावी छुट भएका १९ सहकारीका बचतकर्तालाई दावी पेश गर्न आग्रह
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मागदावी छुट भएका बचतकर्ताहरुलाई दावी पेश गर्न सूचना जारी गरेकाे छ।
समस्गाग्रस्त घोषित भएका १९ सहकारी संस्थाका बचतकर्ताले माग दावी गर्न छुटेको भए एक महिना भित्र दावी पेश गर्न कार्यालयले आग्रह गरेको हो ।
समस्याग्रस्त १९ सहकारी संस्था प्यासिफिक सेभिङ्ग, प्रभु सहकारी,ओरेन्टल को अपरेटिभ,गारेखा सेभिङ्ग,स्टाण्डर्ड सहकारी,पशिुपति सहकारी, शिवशिखर बहुउद्देश्यीय,नेपाल सहकारी वित्तीय संस्था,लुः निभा बहुउद्देश्यीय, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय,सोासाइटल बहुउदेश्यीय र भेगास सहकारी संस्थाका बचतकर्तालाई माग दावी गर्न कार्यालयले भनेको छ । त्यसैगरी तुलसी बहुमुखी,श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी,कञ्जुमर सहकारी,कोहिनुर हिल सेभिङ्ग, कान्तिपुर सेभिङ्ग र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले पनि आफ्नो बचत माग दावी गर्न सक्नेछन् ।
सरकारले यी सहकारी संस्थलाई विभिन्न समयमा समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्वको फरफाक गर्ने जिम्मा उक्त कार्यालयलाई दिएको छ । कार्यालयले यस अघि बचत दावी गर्नेहरुका लागि बचत फिर्तामा पहिलो प्राथमिकता दिई त्यसपछि मात्र यो सूचना अनुसार छुट दावी पेश गरेका बचतकर्तालाई बचत फिर्ताको सूचीमा राख्ने जनाएको छ ।
आफ्नो लेना रकमको दावी अनलाइन आवेदन मार्फत पेश गर्न कार्यालयको सूचनामा भनिएको छ । बचत फिर्ताको माग दावी दिन बाँकी रहेका सदस्य,बचतकर्ता र साहुहरुले आफुले पाउने पर्ने रकम खुलाई आवेदन दिन सक्नेछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार