सुयोग्य साकोसद्वारा वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम
काठमाडौं : ‘उत्कृष्ट एवं दिगो सेवाका लागि सुयोग्य’ भन्ने भिजनका साथ सदस्यहरुमा समर्पित सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको स्वीकृत सदस्य राहत प्रदान सम्वन्धि कार्यविधि वमोजिम मृगौला पिडित सदस्यद्धय पुष्षा चौधरी श्रेष्ठ र हिरामाया श्रेष्ठलाई प्रति सदस्य २५ हजारका दरले सदस्य राहत वितरण गरेको कार्यक्रममा मोटिभेटर अरुण कुमार श्रेष्ठले जीवनको बाटो सम्वन्धि उत्प्रेरणात्मक प्रशिक्षण दिंदै स्वस्थ्य रहन अपनाउनुपर्ने जीवनशैलीबारे रोचक शैलीमा सदस्यहरुलाई जानकारी गराएका थिए।

यसैगरी संस्थाका सल्लाहकार चित्रा कुमारी थाम्सुहाङ सुब्बाले वित्तीय साक्षरता सम्बन्धी सहजीकरणमा वित्तीय स्वतन्तत्राका लागि पारिवारिक बजेट, बचत र लगानीबारे प्रष्ट पार्दै बैंक वित्तीय संस्थामा जोखिम सिर्जना भएको हालको सन्दर्भमा उपयुक्त वित्तीय सेवा प्रदायक संस्था छनौटमा ध्यान दिन सुझाव दिईन।
संस्थाका कार्यवाहक अध्यक्ष टेक वहादुर लिम्बुको अध्यक्षतामा २०८१ माघ १९ गते कोटेश्वरमा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।

यसैगरी प्रमुख कार्यकारी अधिकृत कार्की र सूचना प्रविधि तथा वित्त सहायक साप्चुहांग तुम्वाहाम्फेले संस्थाको मोवाइल बैंकिग विषयमा जानकारी गराएको उक्त कार्यक्रममा संस्थाका नया सदस्यहरु करिब एक सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालक ऋण अधिकृत उज्वल शाक्यबाट भएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार