जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालकबाट बाहिरिए कार्की
काठमाडौं : जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालकबाट हेमबहादुर कार्कीले राजिनामा दिएका छन् । कार्कीले मंगलबार संघका अध्यक्ष सुमन केसीलाई राजिनामा बुझाएका हुन् ।
कार्की जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लि.बाट प्रतिनिधीत्व गर्दै सञ्चालकमा गत वर्ष निर्वार्चित भएका थिए । उनी यसअघि ४ वर्ष आमन्त्रित सञ्चालक समेत बनेका थिए ।
कार्की बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को २०८१ कार्तिक २३ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित भएका थिए । सोही कारण देखाउँदै उनले जिल्ला संघबाट राजिनामा दिएका हुन् ।
उनले राजिनामा पत्रमा भनेको छन्, ‘धेरै ठाउँमा आफैँ रहने अनि अभियान कमजोर भयो भन्ने छुट लिन र दिन हुन्न भन्ने मान्यतालाई आत्मसाथ गर्दै सकात्मक र सृजनात्मक सोचबाट अभिप्रेरित भई राजिनामा दिएको जानकारी गराउँदछु ।’
आगामी दिनमा पनि संघमा तन, मन, बचन र कर्मले लागि रहने प्रतिवद्धता व्यक्त समेत कार्कीले गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
