क्यापिटल सहकारीले तिरेन कर्जा, धितो लिलाम गर्दै नेफ्स्कून
२०८१ माघ १०, बिहिबार
काठमाडौं : क्यापिटल बचत तथा ऋण सहकारी संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बाट लिएको कर्जा नतिरेपछि धितो लिलाम हुने भएको छ ।
नेफ्स्कूनले आज (बिहीबार) धितो लिलाम विक्रि सम्बन्धी ३५ दिने सूचना जारी गरेको छ । नेफ्स्कूनले विजय भट्टराईको नाममा मालपोत कार्यालय भैरहवा रुपन्देहीमा दर्ता श्रेष्ता कायम रहेको नक्सा सिट न ९ख कित्ता नं ५२, ५३, ७२ र २०७ को क्षेत्रफल क्रमशः २५३९.३७, १८६२.२१, २ ९६२.६०र२७०.८७ व.मी.को जग्गा र सो ले चर्चेको लिगलगापात समेत लिलाम गर्न लागेको हो ।
क्यापिटल सहकारीका अध्यक्ष रामचन्द्र शर्मा हुन् । त्यस्तै उपाध्यक्षमा युगेश्वर राज सापकोटा, सचिवमा अच्युत राज बुढाथोकी, कोषाध्यक्षमा अशोक पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा राम हरि थापा, विरेन्द्र कुमार जोशी र शुरेश चन्द्र श्रेष्ठ रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार