आदर्श सहकारीको ११औं साधारण सभा सम्पन्न
धनगढी : धनगढीस्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाको ११औं साधारण सभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नबराज ओझाको सभापतित्व एवं गौरिगंगाका नगर उपप्रमुख तथा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक भोजबहादुर बमको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बमले सहकारी एक अर्काबीचको सहकार्यात्मक अवधारणा भएको बताए।
सहकारीमा समुदायका व्यक्ति संगठित भई सदस्यको हित प्रवर्द्धन गर्ने कार्य गरिने र शिक्षक संघ, कैलालीले पनि सोही अवधारणा अनुसार काम गरिरहेको पाउँदा खुसी लागेको बताए।
यसले शिक्षक संघका साथीहरूबीच आत्मियता बढाउने र अप्ठ्यारोमा पर्दा आर्थिक सहयोगमा टेवासमेत पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष पदम बहादुर खड्का, सचिव नेत्र बहादुर खडायत, शिक्षक संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष लक्ष्मणदत्त भट्ट, नेपाल ट्रेड युनियन कांग्रेसका सुदूरपश्चिम अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह, शिक्षक महासंघ कैलालीका पूर्वअध्यक्ष भीमबहादुर बलायार, शिक्षक संघ सुदूरपश्चिम प्रदेश सदस्य केशवराज ओझा र शिक्षक संघका धनगढी नगर अध्यक्ष मोहन भण्डारीले आफ्नो धारणा राखेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार