सहकारी सचिवले भने- ‘प्रतिस्थापन विधेयकमार्फत अध्यादेशलाई समसामयिक बनाउँछौं’
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत समसामयिक बनाउने प्रतिवद्धता जनाएका छन् ।
‘अध्यादेश प्राथमिकतामा ल्याईन्छ । स्टेक होल्डरसँग छलफल गरेर ल्याउने समय हुँदैन । त्यसकारण सबै कुरा नअटेको हुन सक्छ’, उनले भने, ‘प्रतिस्थापन विधेयकमार्फत समसामयिक बनाउँछौं । सहकारी अभियानका कुरा अटाउँछौं र यस क्षेत्रलाई भरपर्दो बनाउँछौं ।’
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको तेस्रो वार्षिक परामर्श बैठकमा बोल्दै पोखरेलले सहकारी क्षेत्रमा केही कमीकमजोरी भएका छन् र सुधारको बाटोमा अभियान र सरकारसँगसँगै हुनुपर्ने बताए । सचिव पोखरेलले भने, ‘हामीले गरेका काम पूर्ण नहुन सक्छ । केही कमजोरी भएका होला । आउनुस् छलफल गरौं र समस्याको समाधार गरेर यो क्षेत्रलाई अर्थतन्त्रको सबल पक्षको रुपमा विकास गरौं । सहकारीमा आम जनमानसको विश्वास जितौं ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
