सहकारी ऐन संशोधन अध्यादेश पारित
काठमाडौं : सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।
अध्यादेशले पाँच सदस्यीय ‘सहकारी नियमन आयोग’ गठनको प्रस्ताव गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको हो ।
आयोगमा एकजना अध्यक्ष, सहकारी क्षेत्रका विज्ञ, चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयका सहसचिव, र सहकारी विभागका उपरजिष्ट्रार सदस्य रहने व्यवस्था गरिएको छ। आयोगको सदस्य नियुक्तिका लागि लोक सेवा आयोगको सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने प्रावधान पनि समेटिएको छ ।
अध्यादेशले सहकारी संस्थाहरूलाई ‘क’, ‘ख’, र ‘ग’ वर्गमा वर्गीकरण गर्दै नियमनका लागि तेस्रो पक्षीय लेखा परीक्षणको प्रस्ताव गरेको छ।
वित्तीय सहकारीको नियमनका लागि केन्द्रीय बैंकको संलग्नता आवश्यक रहेको भन्दै नेपाल राष्ट्रबैंकका प्रतिनिधि समावेश गर्ने सुझाव दिइएको छ। सहकारी क्षेत्रको सुधार र पारदर्शिता कायम गर्न यस अध्यादेशले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि सरकारले सहकारी क्षेत्रको नियमनलाई व्यवस्थित गर्न छुट्टै कानुनको मस्यौदा तयार गरे पनि सो प्रस्तावलाई संशोधनमार्फत कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्तिलगायतको जायजेथा, दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्ने व्यवस्था अध्यादेशमा छ ।
पारित गरिएको अध्यादेशका अन्य प्रावधान के छन् भन्ने बारे आज बिहीबार जानकारी गराइने बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार