१७ जेठ २०८३, आईतवार

‘नवजीवन’ ब्राण्डको चामल ल्याउँदै नवजीवन सहकारी, मन्त्री अधिकारीले गरे उद्घाटन

२०८१ पुष १, सोमबार
‘नवजीवन’ ब्राण्डको चामल ल्याउँदै नवजीवन सहकारी, मन्त्री अधिकारीले गरे उद्घाटन

कैलाली : नवजीवन सहकारी संस्थाले एक महिना भित्र ‘नवजीवन’ ब्राण्डको चामल बजारमा ल्याउने भएको छ । संस्थाले कैलालीको गोदावरी नगरपालिका-८, मजगाँउमा अत्याधुनिक राईस मिल स्थापना गरेको छ । उक्त मिलको आईतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका छन् ।

संस्थाले ३१ औं वार्षिक साधारण सभाको अवसर पारेर मिलको उद्घाटन गरेको हो ।

संस्थाले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष देवबहादुर बमले जानकारी दिए । एक महिना भित्र ‘नवजीवन’ ब्राण्डको चामल बजारमा ल्याउने तयारी संस्थाको रहेको उनले बताए ।

प्रति घण्टा २० क्विटल चाम उत्पादन गर्ने क्षमता मिलको रहेको छ । संस्थाले १० हजार क्विटल (५ करोड रुपैयाँको) धान समेत गरिद गरिसकेको छ । त्यस्तै थप १० हजार क्विटल धान सदस्यहरुसँग खरिद गरीसकेको समेत अध्यक्ष बमले जानकारी दिए । त्यस्तै गहुँको पिठो, मुसुरोको दाल र तोरिको तेल समेत उत्पादन गर्ने तयारीमा संस्था रहेको उनको भनाई छ । ‘नवजीवन’ ब्राण्डको चामल बजार मूल्यभन्दा तीनदेखि ६ रुपैयाँ प्रतिकेजी सस्तो पर्ने उनको दाबी छ ।

 

 

अभिलेख

लोकप्रिय