२२ कात्तिक २०८३, आईतवार

सहकारीमा पहिलो पटक नविनतम् प्रविधि भित्र्याउँदै किसान साकोस

२०८१ मंसिर २६, बुधबार
सहकारीमा पहिलो पटक नविनतम् प्रविधि भित्र्याउँदै किसान साकोस

नवलपुर : गैंडाकोट नवलपुर स्थित किसान बचत तथा ऋण सहकारी संस्थाले सिनर्जी टेक सफ्टवेयरसँग सहकार्य गरी नवीन प्रविधिको भ्वाईससोलुसन्स ईन्ट्रिगेटड ई.आ.पी. कोर बैंकीङ्ग नेपालमै पहिलो पटक सहकारी क्षेत्रमा भित्राउने भएको छ।

किसान साकोसले नवीन प्रविधि भित्राएसँगै आन्तरिक नियन्त्रण तथा सदस्य सेवामा नव आयम हुने जनाएको छ। जसमा, अन्तरनिहित ऋणव्यवस्थापन प्रणाली (Integrated Loan Management System), अन्तरनिहित मानव संसाधन व्यवस्थापन प्रणाली (Integrated Human Resource Management System), अन्तरनिहित बजेट निर्माण तथा प्रक्षेपण (Integrated Budgeting and Projection) जस्ता प्रविधि रहने छ।जसले संस्थाको कार्यक्षमता वृद्धि गर्न र ए.आई. सक्षम अनपेक्षित क्रिया पहिचान संयन्त्र (AI enabled Fraud Detection Mechanism) जस्ता प्रविधिले संस्थाको आन्तरिक नियन्त्रण र अनुगमन संयन्त्र (Internal Control & Monitoring Mechanism) लाईचुस्त बनाउने र सदस्य सेवालाई अझ प्रभावकारी बनाउन कोर बैंकीङ्गमा अन्तरनिहित भ्वाईस सेवा (Integrated Voice Solutions) प्रविधिलेसदस्य हेरचाह तथा ऋण व्यवस्थापन प्रणाली अत्याधुनिक र प्रभावकारी बनाउने छ। साथै आगामी दिनहरुमा पनि सदस्य सेवालाई केन्द्रमा राखेरआटोमेशनमा जान नयाँ प्रविधिहरु उपयोगमा ल्याउने संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जिवलाल तिवारीले जानकारी दिए।

१५ वर्षभन्दा बढीको अनुभव सहित सिनर्जी टेक सफ्टवेयरले सहकारी तथा लघुवित्त क्षेत्रमा  व्यापक Eco-system समाधान उपलब्ध गराउँदै अग्रणीस्थान बनाएको छ। सिनर्जी टेकले साहारा नेपाल सकोस, छिमेक लघुवित्त, र मुक्तिनाथ विकास बैंकजस्ता नेपालका प्रतिष्ठित संस्थाहरूलाई ERP – Based CBS र Digital Solution उपलब्ध गराउँदै आएको छ। त्यस्तै, सिनर्जी टेकको उपस्थिति नेपाल र म्यानमारजस्ता अन्तर्राष्ट्रिय बजारमासमेत रहेको छ।

सिनर्जी टेकले नेपालको पहिलो क्लाउड–आधारित अत्याधुनिक कल सेन्टर सेवा प्रदायक भोक्सक्रो प्रा.लि.सँग सहकार्य गरेको छ। भोक्सक्रोले हालराष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। सहकारी क्षेत्रमा पहिलो पटक किसान साकोसामा योप्रविधि प्रयोग गरिने तथा यस सहकार्यले सहकारीको कार्यक्षमता वृद्धि गर्न, संचारलाई व्यवस्थित बनाउन र समग्र सदस्य सेवाको स्तरमा थप माथील्याउन महत्वपूर्ण कदम हुने सिनर्जीटेकका सिईओ इन्जिनियर देवेन्द्र खड्काले जानकारी दिए।

एसएमएसले मोबाईलमा अक्षर लेखी जानकारी पठाए जस्तै यस भ्वाईस सेवा प्रविधिले नेपाली भाषामा ध्वनीमा सूचनाको माध्यमबाट सदस्यहरुलाईसेवाहरु उपलब्ध गराउने र अन्तरनिहित आइभीआर (Integrated IVR) र कल सेन्टर (Call Center) जस्ता अत्याधुनिक आवाज प्रविधिकोमाध्यमबाट सदस्यहरुलाई प्रभावकारी सेवाहरु उपलब्ध गराउनेछ। समृद्ध सदस्य, दिगो साकोस उद्देश्यका साथ नीति विधि प्रविधिबाट चलेको किसानसाकोसले आफ्ना शेयर सदस्यहरुलाई उन्नत प्रविधि सहितको सेवा सुविधा प्रदान गर्न सधै तत्पर रहेकोले सहकारीमा पहिलो पटक सञ्चालन हुने योनवीन सेवाले किसान साकोसका सम्पूर्ण सदस्यहरु सहित विषेश्त: ज्येष्ठ नागरिकहरुलाई सेवा तथा सूचना प्रदान गर्न सहज हुने संस्थाका अध्यक्षभोजराज पौडेलले बताए।

विक्रम संवत २०५२ सालमा २५ जना किसानहरु मिलि स्थापना भएको किसान साकोसमा हाल १ लाख शेयर सदस्य छन्।

अभिलेख

लोकप्रिय