एम बैंक र हाम्रो पे वालेट बीच सहकार्य, ५०० भन्दा बढी सहकारीबाट रकम लोड गर्न सकिने
काठमाडौं : अब सहकारीको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो ।
सम्झौता अनुसार ‘हाम्रो पे’का प्रयोगकर्ताले एम बैंकको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न सक्नेछन् । अर्कोतर्फ ‘हाम्रो पे’ मार्फत सहकारीको खातामा सोझै पैसा पठाउन, क्यूआर भुक्तानी लगायतका विभिन्न सुविधा पनि छिट्टै लिएर आउने कम्पनीले जनाएको छ ।
आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ दुई संस्थाबिच सहकार्य भएको हो । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले सञ्चालनमा ल्याएको डिजिटल वालेट ‘हाम्रो पे’ मा हाल ५ लाख भन्दा बढी प्रयोगकर्ता छन् ।
वालेट प्रयोग गर्नका लागि छुट्टै एप प्रयोग गर्नु नपर्ने सुविधा सहित कम्पनीले हाम्रो पेलाई हाम्रो पात्रो भित्रै उपलब्ध गराएको छ । एउटै एपमार्फत धेरै सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले यो व्यवस्था मिलाएको हो ।
त्यस्तै ‘एम बैंक’ सहकारी क्षेत्रलाइै प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारको सेवा उपलब्ध गराउने आईटी कम्पनी हो । सहकारीको क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र सेवा दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडि छ । यसको सिस्टममा हाल ५०० भन्दा बढी सहकारीमा जोडिएको कम्पनीले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार