सामुदायिक साकोसमा सर्वसम्वत नेतृत्व चयन, अध्यक्षमा मुकुन्द शर्मा वाग्ले
काठमाडौं : काभ्रेपलान्चोक जिल्लाको पनौती स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३०औं साधारण सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्वत चयन गरेको छ ।
शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाले अध्यक्षमा मुकुन्द शर्मा वाग्ले चयन गरेको छ । शर्मा यस अघि सचिव थिए ।
नवनिर्वाचित सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा सुर्य मानन्धर, उपाध्यक्षमा भवानी थापा निर्विरोध भएकी छिन् । त्यस्तै सचिवमा सरोजकुमार तिमल्सिना र कोषाध्यक्षमा कृष्ण थापा चयन भएका छन् ।

त्यसैगरी सञ्चालक समतिको सदस्यहरुमा विकास पन्त, श्याम सापकोटा, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, मदन खकुरेल, भैरवप्रसाद सेढाई, कौशलराज खड्का, भीमप्रसाद बन्जारा, संगिता खड्का, बविता बोहोरा, देवकी आचार्य, सुस्मिता नेपाली र अनिता कार्की निर्वाचित भएका छन् ।
लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ चयन भएका छन् भने सदस्यमा भिमप्रसाद बञ्जरा चयन भएका छन् । एक जना लेखा समिति सदस्यमा भने उम्मेदवारी नै परेन ।
दुवै समितिको कार्यकाल चार वर्षको हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार