विश्व सहकारी अभियानको सबैभन्दा ठूलो कार्यक्रम भारतमा हुँदै, के-के विषयमा हुँदैछ छलफल?
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय ३० वर्षे इतिहासमा पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा आईसीए अन्तर्राष्ट्रिय सहकारी सम्मेलन- २०२४ आयोजना हुँदैछ ।
नयाँ दिल्ली स्थित भारत मंडपममा नोभेम्बर २५ देखि ३० (मंसिर १० देखि १५ गते) सम्म हुने सम्मेलनमा सहभागिताको लागि नाम दर्ता गराइसकेका छन् भने कतिपय तयारी गर्दैछन् । यो सम्मेलन विश्व सहकारी अभियानको सबैभन्दा ठूलो मध्येको एक हो ।
सम्मेलनमा ३ दर्जन बढी वक्ताहरु रहेको आईसीएले जनाएको छ । सम्मेलनका लागि ‘नीतिगत तथा उद्यशमीलताको अनुकूल वातावरण निर्माण’, ‘सहकारी परिचयको पुनर्पुष्टि, ‘उद्देश्यमूलक नेतृत्व विकास’ र ‘न्यायोचित, समतापूर्ण र उत्थानशील भविष्य निर्माण’ गरी ४ वटा मुख्य थिम छनौट गरिएका छन् । तीनै थिममा आधारित छलफल र प्रस्तुतीकरण रहने आईसीएले जनाएको छ ।
सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसदेखि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, वातावरण चिन्तक, लेखक तथा अभियन्ता बन्दना शिवा, भारतीय सहकारी मन्त्रालयका सचिव आशिष कुमार भुटानी, आईसीए अध्यक्ष एरियल ग्वार्को, आयोजक इफ्कोका प्रबन्ध निर्देशक उदय शंकर अवस्थी लगायत वक्ताको रुपमा रहेका छन् ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय गृह एवम् सहकारी मन्त्री अमित शाह लगायतको पनि उपस्थिति रहने प्रबल सम्भावना छ । यसैगरी, सम्मेलनमा कोअपरेटिभ्ज यूकेकी प्रमुख कार्यकारी अधिकृत रोज मार्ली, अफलातून इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रोल्याण्ड मोनाश, भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डियाको सहकारीसम्बन्धी प्रतिनिधि सतीश मराठी, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकारी हेर्ने साइमल एसिम, क्यानाडाको सेन्ट मेरिज युनिभर्सिटीकी प्राध्यापक सोन्जा नोभोकिच, कोअपरेटिभ हेरिटेज ट्रस्टकी महाप्रबन्धक लिज म्याकभोर, नेदरल्याण्ड्सको राबो बैंक अन्तर्गत साना किसानहरुलाई जलवायु परिवर्तनको असर सामनामा सहयोगी गर्न सञ्चालित कार्यक्रम हेर्ने प्रमुख यल्मर भ्यान डी मोर्टेल पनि उक्त बहुप्रतिक्षित सम्मेलनका वक्ताको रुपमा रहेका छन् ।
यस्तै, हावार्ड विश्वविद्यालयको बर्कम्यान क्लेन सेन्टरका प्राध्यापक ट्रेबर स्कोल्ज, आईसीए लैङ्गिक समानता समितिकी अध्यक्ष सायोमारा नुनेज सेस्पिडिज, इटालीको लेगाकोपकी पूर्व बरिष्ठ अधिकारी स्टेफानिया मार्कोन, फेयर ट्र्ड इन्टरनेशनलकी प्रमुख कार्यकारी अधिकृत सान्ड्रा उवेरा मुरासा, सोलिड्यारिड्याड एशियाका सतद्रु चटोपाध्याय, लगायत छन् ।
उद्घाटन सत्रको दिन ‘सहकारीले सबैका लागि समृद्धि निर्माण गर्दछ’ भन्ने थिममा आधारित प्रस्तुतीकरण समेत रहेको छ भने दिगो विकासमा सहकारीको योगदान बारे चर्चा हुनेछ । नेतृत्व विकाससँगै सहकारीमार्फत उद्यमशीलता प्रवर्धनका लागि नीतिगत अनूकलनको वातावरण निर्माणबारे पनि बहस हुनेछ ।
यस्तै, सहकारी परिचयको सघनताका उपाय तथा आयाम, सहकारीमार्फत समृद्ध भविष्य निर्माणको सम्भावना तथा त्यसका लागि गरिनुपर्ने कामहरु, आदिबारे सामूहिक छलफलको कार्यक्रम छ । यसैगरी, सम्मेलनमा सहकारी अभियानका अग्रदूतहरु रोचडेली पायोनियर्सबारेको वृत्तचित्र ‘द रोचडेल पायोनियर्स’ तथा ‘मन्थन’ चलचित्र पनि प्रदर्शन गरिने कार्यक्रम छ ।
सम्मेलनकै अवसर पारेर आईसीएको सञ्चालक समितिको बैठक समेत आयोजना गरिएको छ भने त्यसअघि महासंघका ४ वटै क्षेत्रीय संगठनहरु, विषयग निकायहरु, तथा विभिन्न उपसमितिका बैठकहरु सञ्चालन हुनेछन् ।
सम्मेलनकै अवसर पारेर अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को समेत औपचारिक घोषणा हुने कार्यक्रम छ । संयुक्त राष्ट्र संघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्टिय सहकारी वर्षका रुपमा मनाउने घोषाणा गरिसकेको सन्दर्भमा नयाँ दिल्ली सम्मेलनले उक्त अभियानको औपचारिक घोषणा गरी कार्यक्रमहरु समेत सार्वजनिक गर्ने जनाइएको छ।
सम्मेलनमा नेपालबाट पनि सहभागिता रहने छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र राष्ट्रिय सहकारी महासंघी अध्यक्ष ओमदेवी मल्ल समेत प्यानलिष्टको रुपमा रहेका छन् ।
Speakers



Conference Video
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
