माधव खड्कालाई दुई संघको पत्रकारिता पुरस्कार
काठमाडौं : नेपालपत्र न्युज डटकमका सम्पादक माधव खड्कालाई दुई सहकारी संघले पुरस्कृत गरेका छन् ।
खड्कालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सम्मान तथा पुरस्कृत गरेका हुन् । बागमती प्रोस्कूनको चौंथो साधारण सभा र ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० औं साधारण सभाको अवसरमा उनलाई सम्मान गरिएको हो ।
दुबै कार्यक्रमका प्रमुख अथिति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नगद र सम्मान पत्रले खड्कालाई सम्मान गरेका थिए । बागमती प्रोस्कूनले नगद ८ हजार ५ सय सहित सम्मान पत्रले र ललितपुर बचत संघले नगद ५ हजार ५५५ रुपैँया नगद र सम्मान पत्रले खड्कालाई सम्मान गरेका हुन् । सम्पादक खड्काले विगत एक दशकदेखि सहकारी क्षेत्रको किास र प्रवर्दनका साथै सुधारका लागि आफ्नो क्षेत्रबाट निरन्तर कलम चलाई राखेका छन् ।
पत्रकारिताका माध्यमबाट उनले सहकारी क्षेत्रका सकरात्मक सूचना प्रभाव गरी आमजनमानसमा यस क्षेत्रको महत्वको बारेमा जानकारी दिनुका साथै सहकारीका विकृति विसंगतिहरुका बारेमा समेत निरतन्तर खबदारी गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार