चिसापानी गढी साकोसको को ५औं साधारण सभा सम्पन्न
रामेछाप : मन्थली नगरपालिका-८, स्थित चिसापानी गढी बचत तथा ऋण सहकारी संस्थाको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका कुमार श्रेष्ठको अध्यक्षता एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यता साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा वडा नं. ८ का वडा अध्यक्ष एवं नगर प्रवक्ता गोपाल श्रेष्ठ, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, निवर्तामान वडा अध्यक्ष राज कुमार श्रेष्ठ, वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीको आतिथ्यता थियो ।
२०७६ सालमा स्थापित संस्था हाल ४८१ जना शेयर सदस्य आवद्ध छन् ।
सभामा संस्थाका अध्यक्ष कुमार श्रेष्ठले २०८०/०८१ को बार्षिक प्रगती प्रतिवेदन तथा आगामी आ.व. ०८१/०८२ को बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । उनका अनुसार संस्थाले आ.व. ०८१/०८२ मा ६२१ जना शेयर सदस्य पुर्याउने लक्ष्य लिएको छ ।
संस्थाको शेयर पुँजी ६४ लाख ५८ हजार ४ सय रहेकोमा यस आ.व.मा ६५ लाख ९८ हजार ४ सय पु¥याउने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
त्यसैगरि कार्यक्रममा संस्थाका कोषाध्यक्ष समिल कर्माचार्यले बार्षिक आर्थिक प्रतिवेदन र आगामी प्रस्तावित वजेट प्रस्तुत गरेका थिए । संस्थाले ३ करोड ७ लाख कारोबार गरेर ११ लाख ५० हजार नाफा कमाएको छ ।
साधारण सभाको अवसरमा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, असल बचत कर्ता, असल ऋण कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउने छात्रा र छात्रलाई समेत सम्मान गरिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार