दर्शन सहकारी समस्याग्रस्त घोषणा, कार्यालय शीलबन्दी गर्न निर्देशन
काठमाडौं : बागमती प्रदेश सरकारले दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित दर्शन सहकारीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट आईतबार समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
मन्त्रालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
यो सँगै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको सहकारीको संख्या २ पुगेको छ । यस अघि २०८० भदौ २१ गते सिभिल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. काठमाडौंलाई समस्याग्रस्त गरेको थियो ।
दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गरेसँगै प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कार्यालय शीलबन्दी गर्न निर्देशन दिइसकेको छ।
९ हजार ८ सय ५७ शेयर सदस्य रहेको दर्शन सहकारीले ५२ करोड ८२ लाख रुपैयाँ बचत रकम भुक्तानी फिर्ता दिन बाँकी छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार