हाम्रो साकोसको २६औं साधारण सभा सम्पन्न, अध्यक्षमा श्यामकृष्ण घिमिरे निर्वाचित
ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शम्भूप्रसाद फुयालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का, बागमती प्रदेश सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतलाल मर्हजन, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खाली, राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख केदारनाथ उप्रेती लगायतको आतिथ्यता थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष फुयालले आर्थिक वर्ष २०८/०८१ को वार्षिक प्रतिवेदन, सचिव हरिप्रसाद बजगाईद्वारा नीति तथा कार्यक्रम, कोषाध्यक्ष विदुर प्रसाद तिमिल्सिनाद्वारा आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक नारायण थापाद्वारा लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरेका थियो । यी चार वटै प्रतिवेदन लगायत विभिन्न प्रस्ताव उपर छलफल गरी साधारण सभाले पारित गरेको छ ।
यस्तो छ वित्तीय अवस्था
आर्थिक वर्ष २०८०८१को असार मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड १५ लाख, बचत संकलन १ अर्ब २९ करोड १५ लाख, लगानी १ अर्ब २१ करोड ९१ लाख, जगेडा कोष १४ करोड ४ लाख रहेको छ । साकोसको कुल सम्पत्ति १ अर्ब ७६ करोड ३१ लाख पुगेको छ ।
संस्थाले २४ करोड ८८ लाख कूल आम्दानी गरी २० करोड ९३ लाख खर्च गरेको छ । त्यस्तै आयकर अघिको बचत ३ करोड ९५ लाख रहेको छ । संस्थाले ३ करोड ३८ लाख रुपैयाँ खु्द नाफा गरेको छ ।
१ मुख्य कार्यालय र ३ सेवा केन्द्रबाट २४ जना कर्मचारीले ७ हजार २ सय २५ जना सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ ।
अध्यक्षमा श्यामकृष्ण घिमिरे निर्वाचित
संस्थाको अध्यक्षमा श्यामकृष्ण घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको २६औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि अध्यक्षमा घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । घिमिरे यस अघि संस्थाको उपाध्यक्ष थिए ।

त्यस्तै संस्थाको उपाध्यक्षमा कञ्चन बस्नेत, सचिवमा हरिप्रसाद बजगाई, कोषाध्यक्षमा विदुर प्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कमल प्रसाद तिमिल्सिना, दामोदर घिमिरे, प्रेमप्रसाद बजगाई, राधिका विष्ट, लेखबहादुर श्रेष्ठ, रुपा खत्रि, भरत घिमिरे, बिदुर घिमिरे र मणिराज सञ्जेल निर्वाचित भएका छन् ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा नारायण थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा नारायण पोखरेल र लक्ष्मी व्यञ्जनकार निर्वाचित भएका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार