सहकारी बैंक घटायो ब्याजदर, कर्जाको ब्याजदर ९ भन्दा कम, बचतमा ६ प्रतिशत
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) ले ब्याजदर परिवर्तन गरेको छ । कात्तिक ९ गते अर्थात (आज) देखि लागु हुनेगरि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम ५.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा साधारण बचतमा न्यूनतम १.२५ प्रतिशत तोकिएको छ ।
विशेष बचतमा १.२५ प्रतिशत, सुपर बचतमा न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम २.५० प्रतिशतसम्म, एनसिबिएल समुन्नत बचत खातामा न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम २.१० प्रतिशतसम्म र एनसिबिएल प्रिमियम बचत खातामा १.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
त्यस्तै बैंकले अनिवार्य नियमित बचतमा ६ प्रतिशत, क्रमिक बचतमा न्युनतम ५.२५ प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशत र मुद्दती निक्षेपमा ४ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।
त्यस्तै, कर्जातर्फ बैकले ७ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ ।
त्यस्तै मुद्दती निक्षेपको बिड रेट ५.२५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने छ । अपाङग, दलित र महिलाद्वारा मात्र सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने बैंकले जनाएको छ । साथै यस्तो सुविधा दोहोरो रुपमा प्रदान नगरिने समेत बैंकले उल्लेख गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार