२२ कात्तिक २०८३, आईतवार

सहकारी गान रचना गर्ने अवसर खुला, ५० हजार पुरस्कार पाईने

२०८१ असोज २१, सोमबार
सहकारी गान रचना गर्ने अवसर खुला, ५० हजार पुरस्कार पाईने

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारी गान रचनाका लागि सार्वजनिक सूचना जारी गरेको छ । आज सूचना प्रकाशन गर्दै महासंघले सहकारी गान रचना गरी पठाउनको लागि ३५ दिनको समय दिएको छ ।

मुलुकमा सहकारी अभियानको योगदान र अपरिहार्यतालाई सम्बोधन गर्ने गरी सहकारी गान तयार गर्नुपर्ने जनाएको छ ।

सहकारी गान तयार गर्दा मुलुकको सामाजिक, साँस्कृतिक, लैङ्गिक, आर्थिक रुपान्तरणमा सहकारी अभियानले पुर्याएको योगदान र अर्थतन्त्र एवं समुदायमा सहकारीको महत्व झल्कने हुनुपर्ने महासंघले जनाएको छ ।

सहकारी गान ४५ देखि ६० शब्द तथा वढिमा ८ देखि १० हरफको हुनुपर्ने जनाएको । साथै सहकारी गान नेपाली भाषामा रचना गरिएको हुनुपर्नेछ र सहज ढगंले बोध गर्न सकिने हुनुपर्ने समेत महासंघले जनाएको छ।

छनोट भएको रचनालाई राष्ट्रिय सहकारी महासंघले पुरस्कार स्वरूप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय