बुडोल सामुदायिक साकोसको अध्यक्षमा पुन: कैलाश केसी
काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कैलाश केसी चयन भएका छन् ।
शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले चार वर्षको लागि कैलाश केसीको नेतृत्वमा सञ्चालक समिति र पूर्णबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्वारोध चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश भुर्तेल, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम केसी, सह–सचिवमा गीता कुँवर क्षेत्री, सह-कोषाध्यक्षमा राधाकृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा हरिराम कुइकेल, गायत्री खड्का, भवानी केसी, सुनिता मल्ल ठकुरी, अर्मेसा लामा चयन भएका छन् ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा शर्मिला नेपाल र श्री दिपक के.सी. चयन भएका छन् । संस्थाले २५औं वार्षिक साधारण सभा चाव वटा एकाईमा सञ्चालन गरेको थियो ।
चार वटै एकाईबाट छनोट भएर आएका प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूको साथमा आज अन्तिम निर्णय प्रमाणित सभा भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा संस्थाको कुल सम्पत्ति २ अर्ब ७६ लाख, कुल बचत १ अर्ब ५८ करोड ५ लाख , शेयर पुँजी १६ करोड ५७ लाख, लगानीमा रहेको ऋण १ अर्ब ३५ करोड ६१ लाख, संस्थागत पूँजी १६ करोड ६२ लाख र सञ्चालन मूनाफा ५ करोड ६२ लाख रहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार