२० भदौ २०८३, शनिवार

सगुन साकोसको २५ औं साधारण सभा सम्पन्न, वित्तीय सूचकाङ्कमा अब्बल बन्दै

२०८१ असोज ९, बुधबार
सगुन साकोसको २५ औं साधारण सभा सम्पन्न, वित्तीय सूचकाङ्कमा अब्बल बन्दै

सर्लाही : हरिवन स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले २५ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा पूर्व मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको हो । सभामा प्रदेश सांसद जवाहरलाल कुशवाह, हरिवन नगर प्रमुख रमेश बुढाथोकी, बरहथवा नगरप्रमुख कल्पना कटवाल लगायत अन्य संघ/संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो  ।

सभामा अध्यक्ष ढकालले सदस्यहरूले समयमा ऋणको साँवाब्याज भुक्तानी नगर्दा, सदस्यलाई मागेका बेला बचत रकम फिर्ता गर्न अधिक तरलता रकम राख्नुपर्दा संस्थाको आम्दानी खुम्चिएको बताए ।

संस्थाले जोखिमलाई विश्लेषण गरी ऐन कानुनको पूर्ण रूपमा पालना गरेकाले संस्थालाइ सुरक्षित रूपमा अगाडि बढाउने सकेको उनको भनाइ छ । विश्वव्यापीमा रुपमा आएको आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा समेत पर्दा त्यसबाट सहकारी क्षेत्र पनि प्रभावित भएको उनले बताए ।

सहरकेन्द्रीत केही ठुला सहकारी संस्थाको व्यवस्थापकिय कमजाेरी र गलत नियतका कारण सदस्यको बचत फिर्ता गर्न नसक्दा त्यसको प्रभाव समुदायमा आधारित सहकारी संस्थाहरुमा समेत परेको उनको भनाई छ ।

‘उत्कृष्ट व्यवसायिक दीगो वित्तीय सहकारी’ भन्ने परिकल्पनाका साथ संस्थालाइ नीति विधि र प्रविधिमा सञ्चालन गर्दै आएको उनले सभामा जानकारी दिए ।  सहकारी क्षेत्रमा आएको संकटपूर्ण समयमा पनि सदस्यहरूको विश्वास र निरन्तरको साथले संस्था सबल बन्दै गएको उनले जनाए ।

सभामा सचिव राजकुमार उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको हितलाई केन्द्रमा राखेर बचतको माध्यमबाट पुँजी एकीकृत गरी सदस्यहरूको आर्थिक र सामाजिकस्तर माथि उकास्न संस्थाले काम गर्दै आएको बताए ।  संस्थाले आ. व. २०८०/८१ मा गरेका कार्यक्रमको जानकारी दिँदै चालु आर्थिक वर्षमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उनले जनाए ।

संस्थाको आ.व. २०८०/८१ अन्त्यसम्म शेयर पुँजी १४ करोड ८४ लाख २५ हजार रहेको छ भने जगेडा कोषमा १४ करोड ८१ लाख रकम पुगेको छ । त्यस अविधमा संस्थाले बचत संकलन १ अर्ब १५ करोड ३३ लाख र ऋण लगानी १ अर्ब १८ करोड ४८ लाख रहेको छ ।

संस्थाले त्यस अवधिमा ३ करोड ३७ लाख खुद मुनाफा गरेको छ ।  संस्थामा १२ हजार ९२० सदस्य आवद्ध छन् । सदस्यहरूमाझ अधिकतम १३.५ प्रतिशत ब्याजदरमा विभिन्न १३ शीर्षकमा संस्थाले ऋण लगानी गर्दै आएको छ । संस्थाले १ अर्ब ५६ करोड ३७ लाख कुल कारोबार गर्न सफल भएको छ ।  संस्थाको संस्थागत पुँजी ७.८४ प्रतिशत रहेको छ। संस्थागत पुँजी दीगो सहकारीको आधार हो ।

पाँच प्रतिशतभन्दा बढी संस्थागत पुँजी हुनुलाई राम्रो मानिन्छ । जगेडा कोष र अन्य खर्च भएर नजाने (अवितरित) सबै प्रकारका कोषहरू नै सहकारीको संस्थागत पुँजी हो । गत वर्षको मुनाफाबाट भने कोषमा रकम आउन बाँकी नै छ ।

सभामा संस्थाका अध्यक्ष  ढकालले प्रस्तुत गरेको १६ प्रस्ताव मध्ये १५ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

संस्थाले सामाजिक कार्य अन्तरगत नेपाल रेडक्रम सोसाइटी प्रादेशिक रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा आयोजना  गरेको रक्तदान कार्यक्रममा ७५ जनाले  रक्तदान गरेका थिए ।

अभिलेख

लोकप्रिय