पाँच तारा सहकारीका विभिन्न समितिलाई उत्प्रेरणात्मक तालिम
काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न समितिहरुलाई लक्षित गरी उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । संस्थाले सञ्चालक समिति तथा उप–समितिहरुलाई लक्षित गरी उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष भोलानाथ पाठकले जानकारी दिए।
कार्यक्रमलाई नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिनाले सहजिकरण गरेका थिए । तिमल्सिनाले सञ्चालक समिति र उपसमितिको संस्थाप्रतिको काम, कर्तव्य र अधिकारीका विषयमा प्रस्तुतीकरण गरेका थिए । सहकारीका सञ्चालकहरु नायक जस्तै भएकाले सदस्यहरुलाई प्रभाव पार्न पहिलो आफुनै नै अभिप्रेरित हुनुपर्ने उनले बताए।

आफु संस्थामा आवद्ध भएपछि विभिन्न बहानाबाजी गरेर जिम्मेवारीबाट पञ्छिने भन्दा पनि जिम्मेवारी बहन गर्न अग्रसर भएर लाग्नुपर्ने उनको जोड थियो । पैसालाई फजुल खर्च नगरी ससानो रकम बचतको माध्यमबाट भविष्यका लागि पुँजी निर्माण गर्न सकिने उनको भनाई छ।
नियमित बचत नै सहकारीको आधार भएकाले सबैले नियमित बचत गर्नुपर्नेमा उनको जोड थियो । सदस्यले सहकारीमा आबद्ध भएपछि पालना गर्नु पर्ने नियम, वर्तमान समयमा सहकारीप्रति फैलिरहेको अफवाह र सहकारी इतिहासका साथै सहकारी के हो भन्ने बिषयमा समेत उनले प्रष्ट पारेका थिए।
संस्थाका अध्यक्ष भोला नाथ पाठकले पाँच तारा सहकारी संस्था स्थापनाको उदेश्य माथी प्रकाश पारेका थिए । अध्यक्ष पाठकले यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखा नरहेको र स्थानीयहरु वित्तीय सेवा लिन कोठेश्वर काटेर जानुपर्ने बाध्यतालाई मध्यनजर गरी संस्था सुरु गरेको बताए
संस्था स्थापनाकालदेखि नै समुदाय र सदस्य केन्द्रीत रहेर वित्तीय कारोबार गर्दै आएकाले पछिल्लो समय सहकारी क्षेत्रमा आएको विषम परिस्थितिमा समेत सदस्यले विश्वास गरेर निरन्तर कारोबार गर्दै आएको उनले जनाए।
सहकारी सदस्यका लागि भएकाले पाँच ताराले सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय तथा अन्य क्रियाकलाप गर्ने गरेको पाठकको भनाई छ । संस्था सदस्यसँग नजिक रहेको भन्दै उनले उमेर समुह अनुसार संस्थाले विभिन्न गतिविधि गर्ने गरेको जानकारी दिए।
संस्था बचत तथा ऋणमा मात्रै केन्द्रीत नभई सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेको र रक्तदान,सहकारी शिक्षा, स्थानीय मठ मन्दिर तथा सार्वजनिक सम्पत्तिको जर्गेनामा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको सो अवसरमा उनले बताए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार