ज्योतिपुञ्ज साकोसको एकाइ १ को १४औं साधारण सभा: १० प्रतिशत लाभांश पारित
काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा(एकाइ १ : कुमारीपाटी र लुभू सेवा केन्द्र अन्तर्गतका सदस्यहरूका लागि) बिहीबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता भएको साधारण सभाले विभिन्न प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। सभामा १०६१ जना सदस्यको उपस्थिति थियो ।
साधारण सभाले आ.व. ०८१/८१ को नाफाबाट १० प्रतिशत लाभांश पारत गरेको छ। संस्थाको संस्थागत पुँजी ९.५० प्रतिशत पुगेको छ । यस वर्ष संरक्षित पूँजी फिर्ता कोषमा ३४ लाख रुपैयाँ जम्मा भएको छ । साधारण सभाले ३ वर्षे रणनीतिक व्यवसायिक योजनाअनुमोदन समेत गरेको छ । रणनीतिक व्यवसायिक योजनामा सदस्य केन्द्रित र समुदाय केन्द्रित गतिविधिमा जोड दिइएको छ।
संस्थाका गतिविधिका बारेमा प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले प्रस्तुत गरेका थिए ।
संस्थालाई विशेष योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गरिएको थियो भने २०८० को एसईई परिक्षामा सफल हुने सदस्यका सन्ततिहरूलाई नगदसहित सम्मान गरिएको थियो ।
संस्थाले १४औं वार्षिक साधारण दुई एकाइमा सम्पन्न गर्दैछ । आगामी शनिवार (असोज ५ गते) मुख्य कार्यालय र गोठाटार सेवा केन्द्र अन्तर्गतका सदस्यहरूका लागि हुँदैछ । त्यस्तै निर्णय प्रमाणित सभा असोज १३ गते आइतबार हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कार्कीले जानकारी दिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
