सूर्यदर्शन सहकारीको उत्कृष्ट कर्मचारी बने राजकुमार खड्का
झापा : दकम स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको उत्कृष्ट कर्मचारी राजकुमार खड्का बनेका छन् । संस्थाको १५औं वार्षिक साधारण सभाको अवसरमा खड्कालाई नगदसहित वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सममान गरेको छ ।
संस्थाले कर्मचारीहरुलाई प्रोत्साहनका लागि विभिन्न विषयगत पुरस्कारहरु स्थापना गरी हरेक वर्ष सम्मानित गर्दै आएको छ । खड्कालाई नगद २५ हजार ५ सय पचपन्न रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओढाइएको थियो । पुरस्कृत खड्का सूर्यदशन साकोसका बजार शाखा प्रमुख हुन् । उनी सूर्यदर्शन योग साधाना केन्द्रका प्रशिक्षक समेत हुन् ।
त्यस्तै कुशल कर्मचारी सम्मानबाट तीन जना कर्मचारीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा लेखा शाखाका डिल्लिराम थापा, कर्जा शाखाका रमेशकुमार प्रधान र बजार शाखाका अर्जुन खतिवडा छन् । पुरस्कृत कर्मचारीहरुलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार