२२ कात्तिक २०८३, आईतवार

सूर्यदर्शन सहकारीको १५औं साधारण सभा सम्पन्न

२०८१ भदौ २८, शुक्रबार
सूर्यदर्शन सहकारीको १५औं साधारण सभा सम्पन्न

दमक : सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आईतबार (२३ गते) बाट सुरु भएको साधारण सभा बुधबार सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष टीकाराज सापकोटाको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आथिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । दमक–६ स्थित संस्थाको कार्यालय भवनमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानप्रति राष्ट्रिय सहकारी महासंघ डटेल लागेको बताए ।

केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउँदै पोखरेलले पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको र त्यसलाई समाधान गर्न राष्ट्रिय सहकारी महासंघले सहजिकरण गरिरहेको बताए । केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको समेत उनले बताए । इकाईगत रुपमा शुभारम्भ भएको बार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेशप्रसाद ढकालले गरेका थिए ।

इकाईगत वार्षिक साधारण सभाको उद्घाटनको दिन दमक १, ८, ९, १० का शेयर सदस्यहरुको सहभागिता थियो । त्यस्तै भदौ २४ गते सोमबार दमक ४, ५, ६ का शेयर सदस्य र २५ गते मंगलबार दमक २, ३, ७ का शेयर सदस्यहरुको सहभागिता थियो ।

साधारण सभाको समापन समारोहमा संस्थाले शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्नका लागि शेयर सदस्य परिवारबाट यस वर्षको एसईईमा उत्कृष्ट अकंसहित उर्तिण गर्नुहुने विद्यार्थी मार्गरेट मुखियालाई सम्मान पत्रसहित नगदले पुरस्कृत गरिएको थियो । निजी विद्यालयबाट एसईई उर्तिण मुखियाले फोर जीपिए ल्याएका थिए ।

यस्तो छ वित्तीय अवस्था
आर्थिक वर्ष २०८०/०८१ सम्म आईपुग्दा संस्थामा ६ हजार ९ सय ९४ जना सेयर सदस्यहरु आवद्ध छन् । संस्थाको सेयर पुँजी १७ करोड ६९ लाख ४१ हजार १०० रुपैयाँ छ ।
बचततर्फ १ अर्ब ७७ करोड ६४ लाख ८२ हजार ८५८ रुपैयाँ, कर्जा लगानी १ अर्ब ७३ करोड ३७ लाख ७१ हजार ७३१ रुपैयाँ, बाह्य कर्जा १२ करोड ३७ लाख २६ हजार ४३ रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कुल आम्दानी २६ करोड ६० लाख ७४ हजार ४१६ रुपैयाँ रहेको छ ।

उत्कृष्ट कर्मचारी सम्मानित
संस्थाले कर्मचारीहरुलाई प्रोत्साहनका लागि विभिन्न विषयगत पुरस्कारहरु स्थापना गरी हरेक वर्ष सम्मानित गर्दै आएको छ । यस वर्ष उत्कृष्ट कर्मचारीको रुपमा राजकुमार खड्कालाई सम्मान गरेको छ । खड्कालाई नगद २५ हजार ५ सय पचपन्न रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओढाइएको थियो । पुरस्कृत खड्का सूर्यदशन साकोसका बजार शाखा प्रमुख हुन् । उनी सूर्यदर्शन योग साधाना केन्द्रका प्रशिक्षक समेत हुन् ।

त्यस्तै कुशल कर्मचारी सम्मानबाट तीन जना कर्मचारीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा लेखा शाखाका डिल्लिराम थापा, कर्जा शाखाका रमेशकुमार प्रधान र बजार शाखाका अर्जुन खतिवडा छन् । पुरस्कृत कर्मचारीहरुलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

अभिलेख

लोकप्रिय