म्यानेजर्स क्लब पर्साको आयोजनामा विद्यार्थीलाई वित्तीय साक्षरता
पर्सा : को-अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । क्लबले विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
वीरगंजको माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा आयोजना गरिएको वित्तीय साक्षतरता कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुको सहभागिता थियो । पछिल्लो समय सहकारी र क्लबहरुले विद्यार्थीहरुलाई बचतको महत्व बुझाउने उदेश्यले यस्ता कार्यक्रमहरु सचालन गर्दै आएका छन् ।
विद्यार्थीहरुलाई अहिले देखिनै सहकारीको आवश्यकताका साथै सहकारीमार्फत स सानो रकम बचत गर्न सिकाउने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको म्यानेजर्स क्लबले जनाएको छ । युवाहरुमा सानो रकम बचत गर्ने वानीको विकास गर्दै जाँदा भविष्यको लागि आवश्यक पर्ने पुँजी निमार्ण गर्न पनि यस्ता कार्यक्रमहरु सहायक सिद्ध बनेका छन् ।
विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दा थप प्रभावकारी हुने र उनीहरुमा बचत गर्नु पर्ने रहेछ भन्ने भावनाको विकास हुने आयोजकको विश्वास छ ।
क्लबका अध्यक्ष रविभुषण श्रीबास्ताबको अध्यक्षतामा भएको तालिममा सहकारी बैंकका वीरगंज शाखा प्रमुख सन्जय महतोले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमको प्रमुख अथिति म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष जिष्णु बराल रहेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार