२२ कात्तिक २०८३, आईतवार

जिल्ला सहकारी संघ काभ्रेको निर्वाचनमा ३ सय ४३ मत खस्यो

२०८१ भदौ २६, बुधबार
जिल्ला सहकारी संघ काभ्रेको निर्वाचनमा ३ सय ४३ मत खस्यो

काठमाडौं : जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको नयाँ नेतृत्वका लागि आज भएको मतदानमा ३ सय ४३ मत खसेको छ । कुल प्रतिनिधि संख्या ३ सय ४६ थियो । दिउँसो १ः४५ बजेबाट मतदान भरखरै सकिएको हो ।

संघको नेतृत्व (अध्यक्ष) का लागि अमन पोटे श्रेष्ठ र राजन शाक्य बीच प्रतिस्पर्धा भएको छ । श्रेष्ठ बनेपा बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि आएका हुन् भने शाक्य मोडेल बचत तथा ऋण सहकारी संस्थाबाट आएका हुन् ।

श्रेष्ठ वर्तमान समितिमा उपाध्यक्ष हुने भने शाक्य कोषाध्यक्ष हुन् । त्यस्तै उपाध्यक्ष महिलामा मीरा सत्याल र राधिका दाहाल घिमिरे भिड्दै छिन् । उपाध्यक्षमा ठाकुरनाथ अधिकारी र शान्ति लामा तामाङ रहेका छन् ।

त्यस्तै सचिवमा प्रकाश बञ्जरा र यदुनाथ हुमेगाई छन् भने कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा र हिमाली श्रेष्ठ छिन् ।

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र समाजबादीको संयुक्त प्यानल छ भने एमालेको प्यानल रहेको छ ।

अभिलेख

लोकप्रिय