सहकारीको ऋण उठाउन कानून बनाउनेबारे प्रदेश सभामा छलफल भइरहेको छ’
बनेपा : बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले सहकारी संस्थाका ऋण उठाउन आवश्यक कानून बनाउने बारे प्रदेश सभामा छलफल भइरहेको बताएका छन् ।
जिल्ला सहकारी संघ काभ्रेको ४३ औं बार्षिक साधारण सभा उद्धघाटन गर्दै पूर्व मन्त्री समेत रहेका बादेले सहकारीमा ऋण नउठेको कारण बचत फिर्ता हुन नसकेको अवस्था पाइएकाले त्यसलाई सम्बोधन गर्न कानून निर्माण गर्न प्रदेश सभामा छलफल भइरहेको बताए ।
केही सहकारीका कारण समग्र क्षेत्र नै बदनाम भएको भन्दै उनले समुदायमा आधारित सहकारीमा कुनै समस्या नभएको बताए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले सहकारीले भूईमान्छेको पक्षमा काम गर्नुपर्ने बताए ।
बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले बनेपामा रहेका करिब २० देखि २२ प्रतिशत सहकारीमा समस्या रहेको देखिएको भन्दै सहकारी क्षेत्रमा देखिएको समस्या निराकरणको लागि नगरपालिकाले काम गरिरहेको बताए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपालले केही सहकारीमा समस्या आएको नाममा समग्र सहकारीलाई आरोप लगाउन नहुने बताए । उनले सहकारी संस्थामा फसेको ऋण उठाउन सरकारी निकाय, जनप्रतिनिधीले पनि आवाज उठाइदिनुपर्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार