नेचुरल सहकारीद्वारा महिला सदस्यलाई सशक्तिकरण तथा नेतृत्व विकास तालिम
काठमाडौं : बौद्ध टुसालमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको लागि ‘नेतृत्व विकास एवं सशक्तिकरण तथा तीज शुभकामना आदान प्रदान’ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्यता थियो । त्यस्तै कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ति नेपाल पनि आतिथ्यता थियो ।

कार्यक्रममा संस्थाको विभिन्न गतिविधिहरु, संस्थाको वित्तीय अवस्था, सदस्यहरु बीच जारी गरेको विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिकाका साथै सेवाहरुका बारेमा संस्थाका सचिव विकल्प पाठकले जानकारी गराएका थिए । त्यस्तै नेतृत्व विकास एवं सशक्तिकरणका विषयमा सहकारी प्रशिक्षक कुवेर निरौलाले सहजिकरण गरेका थिए । नेचुरल सहकारीले हरेक वर्ष तीज पर्वको अवसर पारेर यस्तो कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा उपमेयर लामाले बचतमा पुरुषहरुको तुलनामा महिला अगाडी रहेको बताईन । ‘सहकारी क्षेत्रमा पुरुषहरु भन्दा महिला सदस्यहरुको संख्या धेरै छ’, उनले भनिन्, ‘ बचत गर्ने र आवश्यक पर्दा ऋण लिने बाहेक महिलाहरूको व्यक्तित्व विकासमा पनि सहकारीको योगदान महत्वपूर्ण छ ।’

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
