२२ कात्तिक २०८३, आईतवार

ज्योतिपुञ्जको संस्थागत पूँजी मात्रै १२ करोड ४४ लाख

२०८१ भदौ २, आईतवार
ज्योतिपुञ्जको संस्थागत पूँजी मात्रै १२ करोड ४४ लाख

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले साउन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको विवरण अनुसार २५ दशमलव ६२ प्रतिशत अर्थात्  २४ करोड ६३ लाख ७१ हजार रुपैयाँ तरलता छ । संस्थाको शेयर पुँजी ८ करोड १४ लाख १५ हजार रुपैयाँ र बचत संकलन ९६ करोड १६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

संस्थाले ४ हजार २ सय ३७ जना शेयर सदस्यहरु मध्ये २ सय ८१ जना सदस्यलाई विभिन्न शीर्षकमा ९७ करोड ८६ लाख ४८ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, संस्थाको जगेडा कोषमा ११ करोड ५४ लाख ५१ हजार रुपैयाँ र अन्य विभिन्न कोषहरुमा १ करोड २१ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ ।

कुल सम्पत्ति १ अर्ब ३४ करोड १९ लाख ६३ हजार रुपैयाँ कुल सम्पत्ति रहेको संस्थाको कुल संस्थागत पुँजी १२ करोड ४४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

मुख्य कार्यालयका अलावा संस्थाले काठमाडौंको गोठाटार, ललितपुरको लूभू र कुमारीपाटीमा सदस्य सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ ।

May be a graphic of text

अभिलेख

लोकप्रिय