बागमती प्रदेश प्रमुख देवकोटालाई नवजीवनमा स्वागत, सम्झिए संस्था स्थापनाका ती दिन
कैलाली : धनगढी स्थित नवजीवन सहकारी संस्थाले मंगलबार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई संस्थाको मुख्य कार्यालयमा स्वागत गरेको छ ।
संस्थाको संस्थापक सदस्य समेत रहेका प्रदेश प्रमुख देवकोटालाई गृह क्षेत्र धनगढीमा आएको अवसरमा सम्मान गरिएको हो । संस्थाका अध्यक्ष देबबहादुर बमको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले संस्था स्थापनाको इतिहास सुनाएका थिए ।
`१४ जना साथीहरुले स्थापना गरेको बचत कोषबाट नवजीवन स्थापनाको ढोका खुलेको थियो । सहकारी संस्थाको रुप दिन त्यतिखेरका साथीहरुको अहोरात्र खटाईले यो अवस्था आएको हो´, उनले भने । निकै मेहनतका साथ स्थापना गरेको संस्था आज देशकै नमुना सहकारी संस्थाको रुपमा नाम सुन्दा आफुलाई गौरव राख्ने गरेको बताए । `संस्थाको गरिमा घट्न नदिन सञ्चाक तथा कर्मचारी साथीहरुमा हार्दिक आग्रह गर्दछु´, उनले भने ।
प्रदेश प्रमुख देवकोटालाई स्वागत गर्दै संस्थाका अध्यक्ष देवबहादुर बमले संस्थाको आगामी कार्ययोजना सुनाएका थिए। संस्थाका अग्रजहरुले देखाएको बाटो र उहाँहरुको भावनामा ठेस पुग्ने काम संस्थाले कहिल्यै नगर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार खेमराज पाण्डे, संस्थाका उपाध्यक्ष चेतराज ओझाले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका महाप्रवन्धक डम्मर सिंह गुरुले संस्थाको अवस्था जानकारी गराएका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
