२१ भदौ २०८३, आईतवार

रामकोट साकोसद्वारा भावी सञ्चालकहरुका लागि नेतृत्व विकास तालिम

२०८१ साउन १९, शनिवार
रामकोट साकोसद्वारा भावी सञ्चालकहरुका लागि नेतृत्व विकास तालिम

धादिङ : नीलकण्ठ नगरपालिका-८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाले भावी सञ्चालक तथा सहकारी संस्थामा कुशल नेतृत्वको विकास गर्ने उद्देश्यका पूर्व नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । कार्यक्रमको सहजिकरण सहकारी प्रशिक्षक कुबेर निरौलाले गरेका थिए।

शनिबार आयोजित तालिममा सहकारी संस्थाका सैद्धान्तिक ज्ञान, सहकारी ऐन, नियमाली, निर्देशन र मार्गदर्शनमा सहकारी सञ्चालन तथा कारोबारका सम्बन्धमा भएका व्यवस्थाका बारेमा जानकारी गराईएको थियो।

त्यसैगरी शेयर सदस्य, सञ्चालक समिति, विभिन्न उपसिमिति, लेखा सुपरिवेक्षण समितिको काम, कर्तव्य र अधिकार, नेतृत्व र नेतृत्वका आधारभुत गुणहरुका बारेमा जानकारी गराईएको थियो ।

सहकारीमा जोखिम र जोखिम व्यवस्थापनमा सदस्य, सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीको भूमिका, प्रभावकारी कार्यकुशलताका लागि समूह कार्यको भूमिका तथा भावी सञ्चालक छनौटमा साझा बुझाईको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए।

तालिमको उद्घाटन धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माले गरेका थिए। उद्घाटन सत्रका नीलकण्ठ-८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, संस्थापक अध्यक्ष हेमराज श्रेष्ठ लगायतको आतिथ्यता थियो ।

त्यसैगरी समापन कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कोषाध्यक्ष दीपक थापाको प्रमुख आतिथ्यता, नेफ्स्कूनका पूर्व सञ्चालक गोमा नेपालको विशिष्ट आतिथ्यता थियो ।

कार्यक्रममा ३५ जनाको सहभागिता थियो ।

अभिलेख

लोकप्रिय