२२ कात्तिक २०८३, आईतवार

वीरेन्द्रनगर साकोसको २३ वर्ष: २७ जनाबाट २३ हजार सदस्य, कुल सम्पत्ति १२२ करोड

२०८१ असार २३, आईतवार
वीरेन्द्रनगर साकोसको २३ वर्ष: २७ जनाबाट २३ हजार सदस्य, कुल सम्पत्ति १२२ करोड

सुर्खेत : सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था ९वीरेन्द्रनगर साकोस० स्थापनाको २३ वर्षमा प्रवेश गरेको छ । २०५८ साल असार २२ गते २७ जना स्थानियबाट सुरु भएको वीरेन्द्रनगर साकोसमा हाल २३ हजार ४८८ जना सदस्य आवद्ध छन् । जसमध्ये महिला सदस्यको हिस्सा ५९.२९ प्रतिशत (१२ हजार ९८८ जना) छ । त्यस्तै संस्थामा १० हजार ४४५ पुरुष सदस्य र ५५ संस्थागत सदस्य छन्।

संस्थाका अध्यक्ष बमबहादुर बिसीका अनुसार संस्थाको कुल सम्पत्ति एक अर्ब २२ करोड ९५ लाख ४३ हजार ४२८ रुपैयाँ छ । संस्थाको स्थिर सम्पत्ति चार करोड ६३ लाख ४५ हजार ३८८ रुपैयाँ र अन्य सम्पत्ति दुई करोड ५२ लाख ९२ हजार ४३२ रुपैयाँ छ । संस्थाले १३ ठाउँबाट सदस्यलाई वित्तीय तथा अन्य सेवा दिईरहेको छ । संस्थाले हालसम्म ८ वटा सहकारीलाई एकीकरण गरेर आफ्नो सेवा सञ्चालन गरिरहेको अध्यक्ष बिसीले जानकारी दिए ।

सहकारीका प्रबन्ध निर्देशक छत्र थापाले चालू आर्थिक वर्षको असार १५ सम्म विभिन्न शीर्षकमा गरेर ९४ करोड ७४ लाख पाँच हजार ७६८ रुपैयाँ ऋण लगानी रहेको बताए । संस्थाको सेयर पुँजी १५ करोड २ लाख, जगेडा कोष ५ करोड ३३ लाख, अन्य कोष ३ करोड ५८ लाख, ऋण नोक्सानी व्यवस्था ३ करोड ४० लाख, कुल बचत ७५ करोड ६९ लाख रहेको छ ।

सहकारीले चालू आर्थिक वर्षमा ३६ जना सुत्केरी सदस्यहरुलाई दुई हजारका दरले ७२ हजार सुत्केरी स्याहार खर्च, १० जना मृतक शेयर सदस्यहरुलाई दुई लाख मृत्यु राहत खर्च, दुर्घटना तथा कालगतिले मृत्यु भएका तीन जना शेयर सदस्यहरुका परिवारलाई १० लाख ६५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रवन्ध निर्देशक थापाले जानकारी दिए।

प्रवन्ध निर्देशक थापाले सहकारीले आफ्नो २३ औं स्थापना दिवशको अवसरमा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने ४६७ जना सदस्यहरुलाई तीन लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको, सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराउन बचतमा विविधिकरण गरी आकर्षक प्रतिफल प्राप्त गर्ने गरी हरेक तीन/तीन महिनामा ब्याज प्रदान गर्ने गरिएको उनले जानकारी दिए।

अभिलेख

लोकप्रिय