२२ कात्तिक २०८३, आईतवार

भाखा नघाएका ऋणीलाई एकीकृत फ्रेण्डसिपको राहत: हर्जनामा ७० प्रतिशत छुट

२०८१ असार ७, शुक्रबार
भाखा नघाएका ऋणीलाई एकीकृत फ्रेण्डसिपको राहत: हर्जनामा ७० प्रतिशत छुट

दोलखा : जिरी-५, दोलखा स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले नियमानुसार लाग्ने हर्जनामा छुट दिने घोषणा गरेको छ ।

संस्थाले भाखा नघाएका ऋणी सदस्यहरुको हकमा एकमुष्ठ किस्ता तथा व्याज रकम भुक्तानी गर्दा संस्थाको स्वीकृत ऋण नीति बमोजिम नियमानुसार लाग्ने हर्जनामा ७० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

उक्त सुविधा लिन ऋणी सदस्यहरुले असार भित्रै भाखा नाघेको किस्ता तथा व्याज भुक्तानी गर्नुपर्ने हुन्छ । साथै संस्थाले सूचना जारी गर्दै नियमित बचत गर्न समेत अनुरोध गरेको छ ।

जेठ मसान्तसम्म संस्थाबाट २ हजार ४ सय १३ जनाले ऋण उपभोग गरेका छन् । संस्थामा १५ हजार ८ सय ४३ जना सदस्य छन् भने ४ हजार ३ सय २९ बाल बचतकर्ता छन् ।

जेठ मसान्तसम्म संस्थाको सेयर पुँजी ११ करोड ७० लाख ६६ हजार ७ सय, जगेडा कोष ६ करोड ५३ लाख ११ हजार ३ सय ८९ रुपैयाँ, अन्य कोषहरु २ करोड ६१ लाख ७ सय ६५ रुपैयाँ रहेको छ । त्यस्तै १ अर्ब ११ करोड ९५ लाख ६९ हजार ७ सय ११ रुपैयाँ बचत, १ अर्ब ९५ करोड ७७ लाख ६ हजार ७ सय १३ रुपैयाँ लगानी, १४ करोड २७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ तरलता रहेको छ ।

संस्थाको कुल सम्पत्ती १ अर्ब ३८ करोड ९१ लाख ८४ हजार ६ सय ३६ रुपैयाँ रहेको छ ।

अभिलेख

लोकप्रिय