कोशीमा सहकारीलाई २ अर्ब ६७ करोड, सहकारीमार्फत किसानलाई ब्याजमा अनुदान
काठमाडौं : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा करिब एक अर्ब घटाएर बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।
उद्योग, कृषि तथा सहकारी क्षेत्रका लागि कुल २ अर्ब ६७ करोड विनियोजन गरिएको छ ।
बजेगमा विगतका वर्षहरुमा अभ्यास गरिँदै आएको प्रतिष्पर्धी कृषि अनुदान प्रणालीलाई स्थगन गरेको छ । व्यवसायिक रुपमा कृषि उत्पादन, प्रसोधन तथा बजारिकरण सम्बद्ध उन्नत प्रविधि प्रयोग तथा ब्यवसाय विस्तारका लागि अधिकतम किसानहरुको पँहुच पुग्ने गरी बैक, वित्तिय संस्था तथा सहकारी संस्थाहरु मार्फत सर्वसुलभ रुपमा कर्जा उपलब्ध गराई उक्त कर्जाको ब्याज अनुदानको लागि ४५ करोड रकमको व्यवस्था गरेको छ । स्थान विशेषमा निश्चित बाली वस्तुको ब्यवसायिक उत्पादन, प्रशोधन, बजारिकरण तथा आधुनिक कृषि यन्त्र मगरले बताए ।
साथै उपकरणहरु भाडामा सेवा उपलब्ध गराउने कस्टम ह्यारिङ्ग केन्द्रहरु संचालन गर्ने सहकारी संस्थाहरु समेतले समेत सहुलियतपूर्ण कर्जा ब्याज अनुदान कार्यक्रममा सहभागि हुने व्यवस्था मिलाएको जनाएको छ ।
साथै सहकारी तथा वित्तिय विज्ञहरुको सहयोगमा सहकारी क्षेत्रको नियमन, विकास तथा व्यवस्थापन गर्न कानुनी तथा संरचनात्मक व्यवस्था गरिने जनाएको छ। स्थानीय तहको कार्यक्षेत्रमा रहेका सहकारीको नियमन सहजिकरणका लागि संयुक्त अनुगमन तथा प्रदेश कार्यक्षेत्रका सहकारीहरुको वर्गीकरण गरी संभाव्य वित्तिय जोखिमबाट जोगाउन सघन अनुगमनको व्यवस्था मिलाएको मन्त्री मगले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार