अन्य सफ्टवेयर सरहको सेवा ‘मिरा ईआरपी’ ले सुरु गरिसकेको छ: घनश्याम अधिकारी
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन), रारा ल्याब्स प्रालिसँगको सहकार्यमा नियोसिस टेक्नोलोजीले मिरा सफ्टवेयरलाई विकास गरेको हो । क्लाउडमा आधारित ईआरपी सफ्टवेयरले सहकारीबाट हुने सबै किसिमका काराबारलाई डिजिटल बनाउँछ ।
मिरा सफ्टवेयरमा सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ई बैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सहकारीलाई डिजिटलाइज गर्न आवश्यक पर्ने सुविधाहरू छन् । मिरा सफ्टवेयरले सस्तो मूल्यमा गुणस्तरीय, भरपर्दो र सुरक्षित सेवा उपलब्ध गराउँछ । मिरा ईआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१ सर्टिफिकेट समेत प्राप्त गरेको छ । यसलाई अझै सुरक्षित बनाउन उच्च्स्तरीय प्रविधि पूर्वाधार तयार गरिएको छ ।
सहकारी संस्थाको सफ्टवेयरमा भएको तथ्यांकको सुरक्षा र गोपनियतामा कुनै पनि सम्झौता नगर्ने पनि नियोसिस टेक्नोलोजीले प्रतिवद्धता जनाएको छ । मिरा ईआरपीलाई नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिन्छ । गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट मिरा एप डाउनलोड गरी डिजिटल बैंकिङको सबै सुविधा घरबाटै लिन सकिने नियोसिस टेक्नोलोजीको जानकारी दिएको छ ।
कम्पनीले प्रयोगकर्तालाई आवश्यकता अनुसार २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । कम्पनीले नि:शुल्क रुपमा सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिङ एप्लीकेसन, इ-बैंकिंङ, एसएमएस बैंकिङ बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।
यो सफ्टेवर प्रयोग गर्न अब सहकारीहरुले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक पर्दैन । कम्पनीले सफ्टवेयरको न्यूनतम १६ हजार रुपैयाँ कायम गरेको छ । मिरा प्रयोग गर्ने सहकारीको संख्या २ सय नाघिसेको छ ।
प्रस्तुत छ, नियोसिस टेक्नोलोजीका निर्देशक समितिका संयोजक समेत रहेका नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीसंग गरिएको भिडियो संवाद ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार