स्थापनाको दोस्रो वर्षमा स्थिरीकरण कोष, योगदान रकम २० करोड नाघ्यो
काठमाडौं : बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ ।
सहकारी ऐन २०७४ को दफा १०३ बमोजिम २०७९ जेठ २७ गते बिधिवत रुपमा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट कोष खडा भएको थियो ।
स्थापनाको दोस्रोमा आईपुग्दा कोषमा ३१० संघ/संस्थाहरु आवद्ध भएका छन् । उक्त सहकारीहरुबाट २० करोड ७३ लाख ७३ हजार २ सय ११ रुपैयाँ योगदान भएको स्थिरीकरण कोषका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ढकालले कोषमा आवद्ध ३१० संघ/संस्थाहरुको जोखिमबाट संरक्षण गरी सदस्यहरुको बचत सुरक्षाका लागि कोषको तर्फबाट प्रतिबद्धता जाहेर गरेका छन् । साथै कोषमा आवद्ध हुन बाँकी अभियानलाई तत्काल कोषमा आवद्धताका लागि अनुरोध रमेत अध्यक्ष ढकालले गरेका छन् ।
हालसम्म कोषमा ३०४ प्रारम्भिक सहकारी संस्था र ६ वटा संघहरु (नेफ्स्कून सहित) रहेका छन् ।
यो पनि पढ्नुहोस्
सबल बन्दै स्थिरीकरण कोष
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
