वातावरण दिवसमा सगुन साकोसद्वारा मन्दिर परिसरमा वृक्षरोपण
सर्लाही : हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था (सगुन साकोस)ले विश्व वातावरण दिवसको अवसरमा हरिवन-३, मोहनपुरमा रहेको योगेश्वर शिव मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष तारादेबी सुबेदी पोखरेलको अध्यक्षतामा हरिवन वडा नं ३ का वडाध्यक्ष दिपमान लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, संस्थाको संचालक, लेखा सुपरिवेक्षण समितिको सदस्य, सल्लाहकार, विभिन्न उपसमितहरु, कर्मचारीहरु, स्थानिय सदस्यहरु, मन्दिर ब्यवस्थापन गरि ४० जनाको उपस्थिति थियो ।
मन्दिर परिसरमा अशोक, तेजपत्ता, अमला, गुलमोहर, कल्की लगायतको १३० थान फुल तथा विरुवा रोप्ने कार्य गरिएको थियो । संस्थाले दिगो विकासका लक्ष्य अन्तर्गत वातावरण तथा जलवायु परिवर्तनलाई टेवा पुर्याउन पर्यावरणलाई बचाउने उद्देश्यले वृक्षरोपण गरेको जनाएको छ ।
उक्त वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि दिपमान लोप्चनले वातावरण संरक्षणको लागी सगुन गरेको प्रयासको लागी हार्दिक धन्यबाद दिएका थिए । कार्यक्रम संचालन संस्थाका सचिव राज कुमार उप्रेतीले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
