२२ कात्तिक २०८३, आईतवार

हाम्रो साकोसद्वारा करिअर काउन्सेलिङ्ग तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न

२०८१ जेठ २०, आईतवार
हाम्रो साकोसद्वारा करिअर काउन्सेलिङ्ग तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न

ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ्ग तथा युवा नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले युवा समुहका सदस्य, हालै एसईई तथा कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

संस्थाका उपाध्यक्ष श्यामकृष्ण घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सदस्यहरु, सदस्यका छोराछोरीहरु सहित २०० जना भन्दा बढिको सहभागिगीता थियो । कार्यक्रममा बरिष्ठ मोटिभेसनल स्पिकर डा. तारा प्रसाद गिरि र मोटिभेसनल स्पिकर अर्जुन चापागाईले सहजीकरण गरेका थिए।

उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गोपाल प्रसाद घिमिरेको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ लि.का कोषाध्यक्ष रुपेश तिमल्सिना र मनकामना साकोस काभ्रेका अध्यक्ष बालकृष्ण दाहालको आतिथ्यता थियो।

संस्थाका युवा उपसमितिका संयोजक कमल प्रसाद तिमल्सिनाले सञ्चालन गरेका कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले संस्थागत प्रस्तुती गरेका थिए ।

अभिलेख

लोकप्रिय