चुलोदेखि चौतारोसम्म विकू बचत
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले चुलोदेखि चौतारोसम्म कार्यक्रम शुभारम्भ गरेको छ ।
संस्थाको वार्षिक नीति तथा कार्यक्रम अनुसार जेठ १३ गते गैंडाकोट–११, हर्कपुरमा अवस्थित श्री कृष्ण मन्दिर परिसरमा रहेको चौतारोबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । चुलोदेखि चौतारोसम्म कार्यक्रमको उद्देश्य भान्सा नै पहिलो अस्पताल हो भन्ने मान्यतालाई आत्मसात् गर्दै भान्सा व्यवस्थापन सम्बन्धि साक्षरता कार्यक्रम सञ्चालन गर्ने, समाजका अग्रज एवम् अनुभवका धरोहर ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्ने, समाजिक, धार्मिक तथा पर्यावरणीय हिसाबले चौतारोहरुको निर्माण तथा व्यवस्थापन गर्ने र चौतारोमा नै अग्रज ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच को व्यवस्था गर्ने रहेको छ ।
कार्यक्रम श्री कृष्ण मन्दिर परिसरमा रहेको चौतारोमा नियमित उपस्थित हुने अग्रज जेष्ठ नागरिक बुवा आमाहरुको उपस्थिति रहेको थियो भने संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटा, गैडाकोट वडा नं १२ का वडा अध्यक्ष चक्रपाडी कंडेल, सञ्चालक समिति पदाधिकारी, सेवाकेन्द्र व्यवस्थापन उप समिति का पदाधिकारी, स्थानिय भद्रभलादमी, कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अग्रज जेष्ठ नागरिकलाई सम्मान तथा फलफुल प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गरेका थिए ।

संस्थाले सोही स्थानमा निशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं १२ का वडा अध्यक्ष चक्रपाडी कंडेल प्रमुख आतिथ्यता थियो । सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विकू बचतको आयोजना तथा चितवन आँखा अस्पतालको सह आयोजनामा निशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । निशुल्क आँखा शिविरमा ४३२ जनाले आँखा परिक्षण गरेका छन् भने शिविरमा ४५ जनालाई मोतीविन्दु लगायत अन्य थप उपचारका लागि चितवन आँखा अस्पतालममा रिफर गरिएको छ ।त्यस्तै ५५ जना विद्यार्थीलाई चस्मा को आवश्यकता देखिएको छ ।
कार्यक्रममा निःशुल्क औषधि वितरण गरिनुका साथै चस्मा लगाउनुपर्ने विद्यार्थीलाई निशुल्क चस्माको व्यवस्था गरिएको थियो भने शल्यक्रियामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह सचिव लक्ष्मण शर्माले राखेका थिए भने कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष ओम प्रसाद सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, विभिन्न उप–समितिका पदाधिकारी, सेवाकेन्द्र व्यवस्थापन उप समितिका पदाधिकारी, विद्यालयका प्र.अ, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी तथा शेयर सदस्यज्यूहरुको उल्लेखनिय उपस्तिथि थियो ।

चितवन आँखा अस्पतालका बिशेषज्ञ डाक्टरहरुको टोलीमा किशोर गौतम, प्रभात यादव, परशुराम रेग्मी, असिम हमाल, भेषराज चौधरीसहितको चिकित्सक टोलीले आँखा परिक्षण गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका क्षेत्रीय प्रमुख पूर्णप्रसाद सापकोटाले गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
