२२ कात्तिक २०८३, आईतवार

एसइई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई हाम्रो साकोसको करियर काउन्सिलिङ

२०८१ जेठ १५, मङ्गलबार
एसइई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई हाम्रो साकोसको करियर काउन्सिलिङ

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ्ग तथा युवा प्रेरणा कार्यशाला गर्ने भएको छ ।

संस्थाका अनुसार संस्थाका कार्यक्रम युवा समुहका सदस्य, हालै एसईई तथा कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरु केन्द्रीत हुनेछ ।

ललितपुरको डिलाईट पार्टी भेन्युमा जेठ १९ गते हुने कार्यशालाको लागि नाम दर्ताको लागि संस्थाले आव्हान समेत गरेको छ । कार्यक्रममा एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि अर्जुन चापागाईंले करियर काउन्सिलिङ्ग गर्ने कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रममा कि स्पिकरमा चर्चित भोटिभिएटर डा. तारा गिरी रहनेछन् ।

कार्यक्रममा सहभागि हुन संस्थाका युवा समुहका सदस्य, हालै एसईई तथा कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुले मात्रै आवेदन दिन पाउने छन् । भोली (जेठ १६ गते) सम्म नाम दर्ता गराएका मात्रै कार्यशालामा सहभागि हुन पाउने संस्थाले जनाएको छ ।

नाम दर्ताको लागि लिंक

https://docs.google.com/…/14LuADs59q0uw1aWt0IMX4oT…/edit

अभिलेख

लोकप्रिय