विषहारामाई साकोसको सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
महोत्तरी : विषहारामाई बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
औरही नगरपालिका–९, अग्लेश्वराका सदस्यहरूलाई लक्षित गरी श्री जनता आधारभूत विद्यालयमा भएको तालिममा ५० जना भन्दा बढी सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
बिहान ११ बजेदेखि ३ बजेसम्म भएको तालिममा सहकारीको परिभाषा, मूल्य, मान्यता, सिद्धान्त, बचत, ऋण, वित्तीय साक्षरता, सहकारी र बैंक बीच फरक तथा संस्थाको बारेमा सदस्यहरुलाई सचिव रामनारायण साह, व्यवस्थापक दिनेश कुमार यादव र रामबली मण्डलले प्रशिक्षण दिएका थिए ।
साथै सदस्यहरुले संस्थासँग गरेको कारोबारको अनुभव तथा आफ्नो जीवनको अनुभव समेत आदान प्रदान गरिएको थियो । औरही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रघुनन्दन चौधरीले उद्घाटन गरेको तालिममा संस्थाकी अध्यक्ष गणिता यादव, औरही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादव लगायतका उपस्थिति थियो।
औरही नगरपालिका वडा नम्बर ७ मा सञ्चालित यस संस्थाले नियमित रूपमा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम दिइरहेका छन्। आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने संस्थाकी अध्यक्ष यादवले बताए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
