नवजागरण साकोसको कुल संस्थागत पुँजी ९ प्रतिशत
रामेछाप : मन्थली-१, रामेछाप स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २०८१ बैशाख मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना यस्तो रिपोर्ट प्रकाशन गर्दै आएको छ । प्रकाशित विवरण अनुसार संस्थाको कुल संस्थागत पुँजी ८.९६ प्रतिशत रहेको छ । संस्था दीगोपनाको प्रमुख आधार भनेको संस्थागत पुँजी हो । जति धेरै संस्थागत पुँजी भयो उतिनै संस्था सबल मानिन्छ । नेपालमा संस्थागत पुँजी ८ प्रतिशतभन्दा बढी रहेका संस्था कमै मात्रामा छन् ।
यस अवधिसम्म आईपुग्दा संस्थाको कुल सेयर पुँजी ४ करोड ४८ लाख ३५ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा ६ करोड ४० लाख ७९ हजार ४ सय ४० रुपैयाँ, अन्य कोषहरुमा ७६ लाख ७७ हजार ९ सय ७९ रुपैयाँ रहेको छ भने संस्थागत पुँजी ६ करोड ५५ लाख २१ हजार ७१ रुपैयाँ अर्थात् ८.९६ प्रतिशत रहेको छ ।
त्यस्तै कुल बचत ५७ करोड ४६ लाख ९४ हजार ७ सय ५८ रुपैयाँ, लगानी ३८ करोड ३ लाख ६६ हजार ७ सय ९१ रुपैयाँ रहेको छ । संस्थाको वित्तीय लगानी २७ करोड ९७ लाख २० हजार ४५ रुपैयाँ र तरलता ३ करोड १४ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।
संस्थाको कुल सम्पत्ती ७३ करोड १५ लाख ५ सय ६० रुपैयाँ रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
